Biratnagar, Morang, Nepal
२ माघ २०८१, बुधवार
+977 21 450305, 515728, 578305
कोशी
यातायात क्षेत्रमा सुशासन कायम गर्न विधायन समितिले थाल्यो छलफल
उद्‌घोष सम्वाददाता १ माघ २०८१, मङ्गलवार

सुनसरी । कोशी प्रदेशसभाको न्याय, प्रशासन तथा बिधायन समितिले यातायतक्षेत्र अन्तर्गत आवश्यक पर्ने थप ऐन तथा कानूनहरु निर्माणको लागि छलफल सुरु गरेको छ ।  समितिका सदस्यहरुले सोमबार इटहरीस्थित यातायात ब्यवस्था कार्यालयमा सरोकारवाला निकायहरुको भेला बोलाएर व्द्यिमान ऐन, कानून अन्तर्गतको सुधार गर्नुपर्ने र थप गर्नुपर्ने कानूनी प्रावधानका बारेमा सुझाव लिएको छ ।  छलफलमा यातायात क्षेत्रलाई ब्यवस्थित गर्नका लागि प्रदेश सरकारले बनाएको नियमावली, निर्देशिका र कार्यबिधि कार्यान्वयनमा देखिएका अप्ठ्यारा र चुनौतीको बिषयमा सुझाव लिइएको समितिका सदस्य रमेश बस्नेतले जानकारी दिए । यसअघि समितिले झापाको...

समाज
समावेशीकरण परीक्षणमा महानगर उत्कृष्ट
उद्‌घोष सम्वाददाता १ माघ २०८१, मङ्गलवार

विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ को लैङ्गिक समानता एवं सामाजिक  समावेशीकरण (लैससास) परीक्षणमा ७८ अंकसहित उत्कृष्ट नतिजा कायम राखेको छ ।  लैससास परीक्षण दिगदर्शन, २०७८ अनुसार एक सयवटा सूचकहरुरूको तोकिएको आधारमा स्व–मूल्यांकन गर्दा राम्रो अवस्थालाई १ अंक, मध्यम अवस्थालाई ०.५ अंक र अति कमजोर अवस्थालाई ० अंक दिइएको छ ।  पछिल्लो ४ वर्षको नतिजालाई केलाउँदा विराटनगर महानगरको लैससास प्रतिफल क्रमशः सुधार हुँदै गएको पाइएको छ । आ.व. २०७७÷०७८ मा प्राप्तांक ५४ थियो भने आव २०७८÷०७९ मा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षणका गर्दा ए...

राजनीति
सिट र लोकप्रियताका आधारमा पहिलो दल, उसकै नेतृत्वमा स्थिर सरकार
उद्‌घोष सम्वाददाता १ माघ २०८१, मङ्गलवार

धुलाबारी । कांग्रेस र एमाले मिलेर सत्ता गठबन्धन बनाउँदै गर्दा दुवै दलको घोषणा साझा थियो ‘संविधान संशोधन ।’ यो मुख्य घोषणा विपरित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन २०८७ मा मात्रै हुने बताएका थिए । त्यसपछि कांग्रेस नेताहरुले ओलीको भनाइप्रति कडा विमति मात्रै राखेनन्, गठबन्धनको औचित्यमै प्रश्न उठेको बताएका थिए । यसरी ओलीप्रति पहिलोपटक कडा विमति प्रकट गर्ने नेता हुन् महामन्त्री विश्वप्रकाश शर्मा । गठबन्धन बनाउँदाको घोषणा अनुसार संविधान संशोधन तत्कालै गर्नुपर्ने उनको भनाइ थियो ।  कांग्रेस नेताहरुको साझा धारणा पनि यही छ । खासगरी निर्वाचन प्रणालीमा सुधार ल्याउनुपर्ने...

राष्ट्रिय
सुनसरीमा भएको कार दुर्घटनामा उच्च अदालत पाटनका न्यायाधीश रेग्मी घाइते
उद्‌घोष सम्वाददाता २ माघ २०८१, बुधवार

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिकामा पर्ने नडाहाको जङ्गलमा मंगलबार सवारी दुर्घटना हुँदा उच्च अदालत पाटनका न्यायाधीश नारायणप्रसाद रेग्मीसहित दुई जना घाइते भएका छन् । न्यायाधीश रेग्मी चढेको बीएबी ७१४६ नम्बरको कार मंगलबार साँझ दुर्घटनामा परेको प्रहरीले जनाएको छ । मदन भण्डारी राजमार्गमा पर्ने बराहक्षेत्र–३ को जङ्गलमा कार दुर्घटना भएको हो । ५४ वर्षीय न्यायाधीश रेग्मी र उनीसँगै कारमा सवार कृष्ण खनाल घाइते भएको र उनीहरूको नोबेल शिक्षण अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।

आर्थिक
पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता
उद्‌घोष सम्वाददाता २ माघ २०८१, बुधवार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय सुकेधारामा निर्माण भएको पाँचतारे मर्क्युर होटेलको बुधबार उद्घाटन गर्दै पर्यटन उद्योगको विकासका लागि सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।  होटल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनी मातहतमा नेपालमा पहिलोपटक मर्क्युर होटेल सञ्चालामा आएको हो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटकलाई नेपाल भ्रमण गराउन उक्त होटेलले योगदान गर्ने विश्वास व्यक्त गरे । उनले होटेल व्यवसायमा मर्क्युरले नयाँपन दिँदै यस व्यवसायलाई प्रोत्साहन पुग्ने बताए । उक्त होटलको निर्माण होटल तथा पर्यटन व्यवसा...

शिक्षा
चिसोका कारण उदयपुरका विद्यालयमा विद्यार्थी घटे
उद्‌घोष सम्वाददाता २६ पुष २०८१, शुक्रवार

गाईघाट । चार दिनदेखि व्यापक चिसो बढेर शीतलहर सुरू भएसँगै उदयपुरमा जनजीवन प्रभावित भएको छ । चिसो बढेपछि विभिन्न विद्यालयमा खासगरी आधारभूत तहका विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुँदै गएको सम्बन्धित विद्यालयका शिक्षकहरू बताउँछन् । त्रियुगा, चौदण्डीनढी नगरपालिकासहितका विद्यालयमा सरकारी तथा निजी विद्यालयका साना कक्षाका विद्यार्थी चिसोका कारण प्रभावित भई विद्यालयमा न्यून उपस्थित हुन थालेको त्रियुगा–१ जोगीदह जनता माविका शिक्षक देवन राईले बताए । त्रियुगा–११ पिसजोन स्कुलका शिक्षक भूपेन्द्र थापाका अनुसार कक्षा ४ भन्दा तल्ला तहका विद्यार्थी चार दिनदेखि चिसो बढेर शीतलहर सुरू भएसँगै...

स्वास्थ्य
न्यूरोमा न्यूरो सर्जन डा. दासको स्वागत
उद्‌घोष सम्वाददाता २ माघ २०८१, बुधवार

विराटनगर । विराटनगरमा पहिलो पटक न्यूरो सर्जरी शुरु गरेको न्यूरो अस्पतालले नयाँ न्यूरोसर्जन डा. सुनिलकुमार दासलाई भित्र्याएको छ ।  मधेश प्रदेशको राजधानी जनकपुरमा जन्मेका डा. दास उत्कृष्ट शैक्षिक पृष्ठभूमि र अनुभवले भरिपूर्ण रहेकोले न्यूरो सर्जरीको क्षेत्रमा उत्कृष्ट रहेको न्यूरो अस्पतालको छविलाई थप योगदान पु¥याउने अपेक्षा अस्पतालले गरेको छ । चिकित्सकीय परिवारमा जन्मेका युवा न्यूरो सर्जन डा. सुनिलकुमार दासले अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) बाट न्यूरोसर्जरीमा एमसीएच प्राप्त गरेका छन्, जुन अत्याधुनिक सर्जरी चिकित्साका लागि उच्चतम योग्यता मानिन्छ ।  साथै, उनले पोष्टग्...

खेलकुद
विराट गोल्डकप फेरि पनि घाटामा, ट्रष्टबाट स्वीकृति नलिइ अनधिकृत खर्च
उद्‌घोष सम्वाददाता २९ पुष २०८१, सोमवार

विराटनगर । विसं २०८० चैत १५ देखि २२ गतेसम्म विराटनगरमा आयोतिज विराट गोल्डकप फुटबल प्रतियोगिता पनि घाटामै रहेको खर्च विवरण आयोजकहरूले सार्वजनिक गरेका छन् । विराट गोल्डकप फुटबल ट्रष्टको आयोजनामा सम्पन्न भएको आठौं संस्करणको फुटबल प्रतियोगिताको खर्च विवरणका शिर्षकहरूमा उल्लेखित रकम अधिकांश अनुमानित छन् । प्रतियोगिता सकिएको करिब १० महिनापछि आयोजकहरूले खर्च विवरण सार्वजनिक गरेका हुन् । ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले  प्रतियोगिताको आठौं संस्करणमा २२ लाख ६२ हजार रूपैयाँ घाटा लागेको खर्च विवरण सार्वजनिक गरेका हुन् । ट्रष्टले आयोजना गर्न नसक्ने निश्कर्षसहित निजी फुटबल क्लवलाई जिम्मा लगाइ...

साहित्य
‘जब कविता जुलुसमा निस्कन्छ’ को गृह विमोचन
उद्‌घोष सम्वाददाता २९ पुष २०८१, सोमवार

इटहरी । कविता संग्रह ‘जब कविता जुलुसमा निस्कन्छ’ को गृह विमोचन भएको छ । शनिबार क्यानभास साहित्य समाजको आयोजनामा सङ्गीत साधना प्रतिष्ठान नेपालको सभाहलमा गृह विमोचन गरिएको हो । कवि सुरज रानाद्वारा लिखित उक्त संग्रहमा ४५ वटा कविता समावेश छन् । कवि सुदीप पाख्रिनले संग्रहभित्रबाट ‘अनुभूति’ शीर्षकको कविता वाचन गरेसँगै गृह विमोचन भएको थियो । त्यसपछि कवि टीका आत्रेयले ‘सपना–जुत्ता’ र धीरज राईले ‘ओ बाहुनी’ शीर्षकको कविता वाचन गरेका थिए । कविता संग्रहमाथि कवि सीमा आभासले चर्चा गरेकी थिइन् । कविले आफनो पहिचान र समुदायको कुरा कवितामार्फत पनि भन्न...

वातावरण
कोशीटप्पुमा चखेवा र खोयाहाँसका झुण्ड
उद्‌घोष सम्वाददाता २८ पुष २०८१, आइतवार

सुनसरी । चराको राजधानी भनेर चिनिने कोशीटप्पुमा ३८ वर्षदेखि जलपंक्षी गणना हुँदै आएको छ । गणनाका क्रममा चखेवा र खोयाहाँसका झुण्डहरू फेला परेका छन् । शुक्रबारबाट सुरु भएको गणनाका क्रममा सबै भन्दा बढी चखेवा भेटिएको हो । यो पंक्षी जोडी मर्यो भने चारो नखाई आफू पनि मर्ने गरेको बताइन्छ । कोशी नदीमा जलपंक्षीमा सबै भन्दा बढी चखेवा देखिएको कोशी पंक्षी समाजका पूर्वअध्यक्ष अनिष तिम्सिनाले बताए । यस्तै खोयाहाँस पनि उल्लेख्य मात्रामा पाइएको गणकहरूले बताएका छन् । पहिलो दिन ४७ वटा खोयाहाँसको झुण्ड एकै ठाउँमा फेला परेको थियो । नदीमा ढुङ्गाबाट गणना गर्ने क्रममा सो झुण्डले गणकहरूको माथिबाट दुई फेरा लगाएको थ...

मनोरञ्जन
तिला संक्राईतको अवसरमा सरदार बाँतर समुदायद्वारा बर्जुमा शुभकामना आदान–प्रदान (फोटो)
उद्‌घोष सम्वाददाता १ माघ २०८१, मङ्गलवार

बर्जु (सुनसरी) । तिला संक्राईत पर्वका अवसरमा प्रवासी सरदार बाँतर युवा एकता समाज उत्थान केन्द्र नेपालले सुनसरीको बर्जुमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त अवसरमा साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको हो ।  सुनसरी क्षेत्र नम्बर ३ की सांसद एवं पुर्वमन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सरदार बाँतर समुदायका युवा युवतीहरूले आफ्नो कला संस्कृति झल्किने भेषभुषा र पहिरन लगाएर सहभागी भएका थिए । कार्यक्रमलाई सफल बनाउन राजनीतिक दल, स्थानीय समाजसेवी, युवा क्लवका विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरूको समेत सहभागीता रहेको चन्दन सरदारले जानकारी दिए । ...

अन्तर्राष्ट्रिय
जीपी फाउन्डेशनको अध्यक्षमा सोमनाथ घिमिरे फेरि दोहोरिए
२० पुष २०८१, शनिवार

न्यूयोर्क(अमेरिका) । गिरिजाप्रसाद कोइराला(जीपी) फाउन्डेशन अमेरिका च्याप्टरको अध्यक्षमा  सोमनाथ घिमिरे पुनः दोहोरिएका छन् । फाउन्डेशनकी संस्थापक अध्यक्ष सुजाता कोइरालाले अमेरिका च्याप्टरको विधानबमोजिम घिमिरेलाई अध्यक्ष पदमा दोस्रो कार्यकालका लागि नियुक्त गरेकी हुन्। फाउन्डेशन अमेरिका च्याप्टरमा घिमिरेको नेतृत्वमा नॅंया कार्यसमितिको कार्यकाल २०२५-२०२८ रहने बताइएको छ । कार्यसमितिको उपाध्यक्षमा सुवर्ण लामा, महासचिवमा छिरिङ राप्के लामा, कोषाध्यक्षमा रेखा श्रेष्ठ नियुक्त भएका छन् । सदस्यहरूमा धुर्व कुँवर क्षेत्री, रामचन्द्र अधिकारी, सूर्य सिंखडा, राजेश आर्चाय, प्रेम अधिकारी क्षेत्री, प्रेमदि...

प्रविधि
काठमाडाैंबाट भद्रपुर उडेको बुद्ध एयरको जहाज दुर्घटनाबाट जोगियो
उद्‌घोष सम्वाददाता २३ पुष २०८१, मङ्गलवार

विराटनगर । सोमबार विहान काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एयरको एउटा विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ । चालक दलका चार सदस्य र ७२ जना यात्री बोकेको बुद्ध एयरको उडान नम्बर बीएचए ९५३ जहाजको बायाँ इन्जिनमा समस्या आएपछि पुनः त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमै फर्काएर आकस्मिक अवतरण गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।  सो कार्यालयका अनुसार काठमाडौंदेखि ४३ नटिकल माइल पूर्व पुग्दा बायाँ इञ्जिनमा समस्या भएपछि एउटै इञ्जिनबाट जहाजलाइ काठमाडौं फर्काइ आकस्मिक अवतरण गराइएको हो । सोमबार विहान १० बजेर ३७ मिनेटमा त्रिभुवन अ...

विचार
कार्बनको प्रलय : भविष्यको आगो, पृथ्वीको दुःखान्त
दुर्गाप्रसाद खरेल २ माघ २०८१, बुधवार

कार्बन पृथ्वीको पर्यावरणका विनाशको नियति बनेको छ । कार्बनको बढ्दो उत्सर्जन सबै जीवित प्राणीको अस्तित्वमा सङ्कट बन्न सक्छ । कल्पना गरौं, पृथ्वी भट्टीजस्तो तात्तिएको, गर्मीले गर्दा मान्छे हिंड्दा हिंड्दै पुर्लुक्क लडेर मरिरहेको, मान्छेको पेशा, व्यवसाय, कृषि, उद्योग सबै धराशायी भई रोजगारी मासिंदै गएको, खानका लागि एक मानो अन्न नपाइने गरेको, अहिलेको खुल्ला आकाश कालो मैलो भई माथिबाट अचानक असिना पर्न थालेको, स्कुल कलेज सबै बन्द हुन थालेको, केटाकेटीहरू गर्मीले लल्याकलुलुक भइरहेका, रूखहरू सबै हरियो रङ छोडेर फुस्रा हुन थालेका, खानेपानीको हाहाकार भएको । यो एउटा कल्पना हो तर वातावरणमा क्रमशः हानी नोक्सानी...

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved