ग्राहक बन्नका लागि
विराटनगर । मोरङको कटहरीमा निर्माण भैरहेको सडकको बजेट तोकिएको ठाउँमा खर्च नगरी अन्तै खर्च गरिएको पाइएको छ । विराटनगर–१ र कटहरी–१ को सिमानामा पर्ने परोपकार घाटको पुलदे...
विराटनगर । कोशी प्रदेश सभाका महिला सांसदहरूले महिलामैत्री बजेटको माग गर्दै कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई ज्ञापन पत्र बुझाएका छन् । प्रदेश सरकारको नीति,...
अनियमित विद्युतको समस्या प्रदेश सभामा
विराटनगर । विद्युत सेवा अनियमित भइरहेको भन्दै कोशी प्रदेश सभामा धेरै सांसदहरूले प्रश्न उठाएका छन् । कोशी प्रदेशको एकमात्रै औद्योगिक क्षेत्र विराटनगरमै विद्युतको समस्याले उ...
विराटनगर । नेपाल उद्योग परिसंघ(सीएनआई) कोशी प्रदेश समितिले कोशी प्रदेशमा सरुवा भएर आएका प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डिआइजी) ईश्वर कार्की र नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय विराटनगरका निर्देशक राजीव सिंहलाई स्वागत गरेको छ । सीएनआई कोशी प्रदेश समितिले मंगलबार आफ्नै कार्यालयमा बोलाएर स्वागत गरेको हो । सीएनआई कोशीका अध्यक्ष पवनकुमार सारडाले सीमा नाकामा कडाइ तथा अवैध कारोबार निरुत्साहित गर्ने गरी काम गर्न डिआइजी कार्कीलाई आग्रह गरे । उनले सारडाले पर्यटनको सम्भावना भएको प्रदेश भएकोले भारतबाट आउने पर्यटकहरूलाई सहजीकरण गर्न भूमिका खेलिदिन पनि आग्रह गरे ।...
विराटनगर । विराटनगर–१३ मा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता शिविर सञ्चालनका लागि दर्ता स्थल छनोटसम्बन्धि छलफल सम्पन्न भएको छ । बुधवार वडा कार्यालयमा भएको छलफलमा वडाका जनप्रतिनिधिहरूसहित महानगर कार्यपालिकाका सदस्यहरू सहभागी भएका थिए । छलफलमा वडा सदस्य कमला श्रेष्ठ, गौरी देवसहित विभिन्न राजनीतिक दल र स्थानीय संघ संस्थाका प्रतिनिधि र महानगरपालिकाका कर्मचारीहरू सहभागी भएका छन् । विराटनगर महानगरपालिकाले वडा नम्बर १२ देखि १८ नम्बर वडासम्मलाई लक्षित गरी दुईदिने सामाजिक सुरक्षा तथा घटना दर्ता शिविर सञ्चालन गर्ने तयारी अघि बढाएको जनाइएको छ । जेठ २१ र २२ मा पूर्वाञ्चल वालसेवा...
विराटनगर । कोशी प्रदेश सभाका चारजना सांसदहरू सवार गाडी दुर्घटना भएको छ । झापाबाट विराटनगर जाँदै गरेको प्रदेश सभा सदस्यहरू सवार बिएई १४०६ नम्बरको गाडी र बा ५ च ३५२० नम्बरको अर्को गाडी ठोक्किएर दुर्घटना भएको जनाइएको छ । दुर्घटनामा कोशी प्रदेश सभाका सांसदहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ घाइते भएका छन् । उनीहरू सोमबार अपरान्ह ३ बजे प्रदेश सभामा कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भएकोले बैठकमा सहभागी हुन झापाबाट विराटनगर आउने क्रममा दुर्घटना भएको जनाइएको छ । श्रेष्ठ नेपाली काँग्रेसकी सम...
काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गरेका छन् । गभर्नर पौडेलले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री पौडेलसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा अर्थमन्त्री पौडेलले नवनियुक्त गभर्नरलाई बधाई दिँदै वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरी अघि बढ्दै अर्थतन्त्र र मौद्रिक क्षेत्रमा देखा परेका समस्या समाधानमा गर्भनरले महत्त्वपूर्ण र उपलब्धिमूलक पहल गर्नुहुने विश्वास व्यक्त गरे । नवनियुक्त गभर्नर पौडेलले अर्थ मन्त्रालयले देशको अर्थतन्त्रको नेतृत्व गर्ने र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्...
विकास मानव जातिको अविभाज्य पाटो हो । जहाँ मानव हुन्छ, त्यहाँ विकास र विनाश दुवैको सम्भावना रहन्छ । मानव सभ्यताको उदयसँगै विकासका चरणहरू पनि विकसित भएका छन्, जसले मानव जातिको हरेक सूचकलाई उन्नत बनाउन मद्दत गर्छ । विकासको बलियो जग बसाल्न राजनीतिले लक्ष्य निर्धारण गर्दछ, र सबै दलका राजनीतिक दस्तावेजहरू विकाससँग गहिरो रूपमा जोडिएका हुन्छन् । समग्र विकास र आम नागरिक नै राजनीतिका मूल तत्व हुन् । तर, राजनीतिमा विनाशको सम्भावना पनि झुण्डिरहेको हुन्छ, जहाँ एउटा सानो त्रुटिले विकराल रूप लिन सक्छ र विनाशको बाटोतर्फ धकेल्ने जोखिम बढाउँछ । त्यसैले, राजनीतिक विकास र विनाशलाई सन्तुलनमा राख्नु अपरिहार्य हु...
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले विभिन्न संकायका महत्वपूर्ण नेतृत्वदायी पदका प्राध्यापकहरूको नियुक्ति गरेको छ । विश्वविद्यालयले शैक्षिक तथा प्रशासनिक कार्यलाई थप चुस्त बनाउने उद्देश्यले यी नियुक्तिहरू गरेको हो । नवनियुक्त पदाधिकारीहरूमा सह–प्राध्यापक राम ढकाल कला, कानून तथा शिक्षा संकायको डीनमा नियुक्त भएका छन् । त्यस्तै, डा दिलीपकुमार भगतलाई सह–परीक्षा नियन्त्रकमा नियुक्त गरिएको छ । विज्ञान तथा प्रविधि संकायको निमित्त डीनको जिम्मेवारी सह–प्राध्यापक मनोजकुमार हलुवाईलाई दिइएको छ । यसअघि उनी सह–डीनको रूपमा कार्यरत थिए । यसैगरी, इन्जिनियरिङ संकायको...
विराटनगर । राष्ट्रिय वाणिज्य बैंक पूर्व कर्मचारी संघ पूर्वाञ्चल क्षेत्रीय समिति विराटनगरले गणेश पुस्तकालय तथा वाचनालय योग साधना केन्द्र तीनटोलिया, विराटनगर–१० मा एक दिवसीय ध्यान शिविर आयोजना गरेको छ । शिविरमा पूर्व कर्मचारी संघका सदस्यहरूलगायत अन्य इच्छुक व्यक्तिहरू सहभागी थिए । यस किसिमको ध्यान शिविरले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ । सहभागीहरुलाई योग प्रशिक्षक राजुचन्द्र दाहालले योगका केही आसन, प्राणायाम गराउनका साथै विपस्यना ध्यान पनि गराएका थिए ।
विराटनगर । क्रिकेटर ललित राजवंशी आफ्नै वडामा नगदसहित सम्मानित भएका छन् । विराटनगर महानगरपालिका–१४ का वडाध्यक्ष सुर्यनारायण महतोले राजवंशीलाई ५० हजार रुपैयाँको चेकसहित सम्मानित गरेका हुन् । क्रिकेटर राजवंशी विराटनगर–१४ निवासी हुन् । उनलाई वडाका अन्य जनप्रतिनिधि र अगुवा समाजसेवीसहितको उपस्थितिमा सम्मानित गरिएको वडाध्यक्ष महतोले बताए । ललितले क्रिकेट खेलका माध्यमबाट आफ्नो गाउँ समुदायकै गौरव बढाएका कारण सम्मानित गरिएको उनले जानकारी दिए ।
विराटनगर । तेस्रो लेखक दिवसका अवसर पारेर नेपाली लेखक संघ कोशी प्रदेश र उदयपुर शाखाले स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम गरेको छ । उदयपुरको सदरमुकाम गाईघाटमा आयोजित कार्यक्रममा भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा योगदान पुर्याउने दुईजना स्रष्टालाई सम्मान गरिएको थियो । कार्यक्रममा गोवर्द्धन तामाङ र तेजनारायण शेर्पा ‘रञ्जन’ लाई सम्मान गरिएको हो । कार्यक्रममा वरिष्ठ साहित्यकार प्राडा गोपाल भण्डारी, लेखक संघ कोशी प्रदेश अध्यक्ष गोकुल अधिकारी, संघका प्रदेश महासचिव समेत रहेका प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित, उदयपुर शाखा अध्यक्ष वासुदेव पोखर...
विराटनगर । कोशी प्रदेशमा प्राकृतिक विपद्का कुन घटनाबाट सबैभन्दा धेरै नागरिकको ज्यान जाने गरेको होला ? धेरैले अनुमान लगाउने घटना बाढीपहिरोकै हो । तर, कोशी प्रदेशको तथ्यांकले फरक दृश्य देखाउने गरेको छ । विगत धेरै वर्षदेखि कोशीमा चट्याङले सबैभन्दा धेरै नागरिकको ज्यान लिने गरेको पाइएको छ । विज्ञहरुका अनुसार कोशी प्रदेश विपद्को सबैभन्दा उच्च जोखिम क्षेत्र मानिन्छ । कोशी प्रदेशमा हरेक वर्ष बाढीपहिरोले हजारौं नागरिकलाई सताउने गर्छ । विपद्बाट हुने बेहिसाब भौतिक क्षति जति छ, मानवीय क्षतिको ग्राफ पनि उत्तिकै उकालो लाग्दो अवस्थामा छ । यद्यपि बाढीपहिरोको तुलनामा कोशीमा चट्याङले मान्छे मा...
विराटनगर । गीतकार नारायण खतिवडाको शब्द सिर्जना रहेको गीत ‘स्वार्थी संसार’ सार्वजनिक भएको छ । डिजिटल प्लेटफर्ममा सार्वजनिक गरिएको ‘स्वार्थी संसार’ गीतमा लक्ष्मण शेषको संगीत सिर्जना एवं स्वरुपराज आचार्यको स्वर छ । वरिष्ठ संगीतकार लक्ष्मण शेषको लामो समयपछि कमब्याक भएको छ । ‘स्वार्थी संसार’ गीतलाई नमस्ते नेपाल डिजिटल स्टूडियोबाट यू ट्युवमा र विभिन्न अन्तर्राष्ट्रिय अडियो तथा भिडियो प्लेटफर्म मार्फत सार्वजनिक गरिएको छ । बहुसंख्यक मानिसहरूले समयक्रममा स्वार्थ प्रेरित कुनै न कुनै अनुभव र घटना ब्यहोरेको भाव र सन्देश सो गीतमा रहेको छ । हिजोआज मानिसहरू आफन...
विराटनगर । नेपालको सीमा जोडिएको भारतको बिहार राज्यको पूर्णियामा नेपाल भारत साझेदारी शिखर सम्मेलन, २०२५ हालै सम्पन्न भएको छ । ‘छिमेकीसँगका सहकार्यलाई तिव्रता’ विषयमा आधारित उक्त सम्मेलनमा नेपालका तर्फबाट नेपाल भारत उद्योग वाणिज्य संघ कोशी प्रदेशले सहभागिता जनाएको छ । सम्मेलनको आयोजना भने सब-हिमालयन रिसर्च इन्सटिच्यूट, नेपाल भारत सेन्टर र पी एच डी च्याम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिज नयाँदिल्लीले गरेको हो । सम्मेलनमा नेपाल तथा भारतका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको नेपाल भारत उद्योग वाणिज्य संघ कोशी प्रदेशका अध्यक्ष मुकेश उपाध्यायले जानकारी दिएका छन् । उनका अनुसार...
विराटनगर । विराटनगरका पत्रकारहरूलाई पत्रकारितामा कृत्रिम बौद्धिकता (एआई) को प्रयोगसम्बन्धी विशेष प्रशिक्षण प्रदान गरिएको छ । सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको आयोजनामा आइतबार सम्पन्न ऊक्त कार्यत्रममा सञ्चार तथा आमसञ्चार विषयका विज्ञ डा. भानुभक्त आचार्यले प्रशिक्षण दिएका हुन् । प्रशिक्षणका क्रममा डा. आचार्यले पछिल्लो समयमा पत्रकारिता क्षेत्रमा एआई प्रविधिको बढ्दो उपयोग, यसको सम्भावना र चुनौतीबारे विस्तृत जानकारी गराएका थिए । कार्यक्रममा विशेषगरी च्याटजीपीटी, डिपसिक, जेमिनी बाहेकका अन्य प्रमुख एआई उपकरणहरूको परिचय र व्यवहारिक प्रयोगका तरिकाबारे अवगत गराइयो । साथै, समाचार ले...
कोशी प्रदेशको एक अग्रणी तथा ऐतिहासिक शैक्षिक संस्था, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसले उच्च शिक्षामा आम नागरिकको पहुँच विस्तार गर्दै प्राज्ञिक उत्कृष्टता हासिल गर्ने लक्ष्यका साथ आगामी पाँच वर्षका लागि महत्वाकांक्षी योजना र बजेट पारित गरेको छ । क्याम्पस व्यवस्थापन समितिले हालै आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम र बजेट स्वीकृत गरेको हो, जसको मुख्य प्राथमिकता गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रक्रियालाई यसै आर्थिक वर्षभित्र टुङ्गोमा पुर्याउनु रहेको छ । पूर्वाधार विकासमा जोड क्याम्पसका पुराना संरचनाहरूको मर्मतसम्भार र संरक्षणलाई विशेष प्राथमिकता दिएको छ । हरे...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved