विराटनगर । पछिल्ला दिनहरूमा अनलाइन ठगीका घटना बढ्न थालेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले विशेष सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । हालैका दिनमा विभिन्न व्यक्तिको डिजिटल खाताबाट लाखौं, करोडौं रुपैयाँको ठगीका घटना हुन थालेपछि सीआईबीले सूचना नै जारी गर्दै सचेत रहन आग्रह गरेको हो ।
सामाजिक सञ्जालको दुरुपयोग गरी देशैभर ठगीका घटना बढेको सीआईबीले जनाएको छ। ब्युरोले ठगीका घटनाको अनुसन्धान पनि भइरहेको जनाएको छ । हालसालै पोखरामा ५७ लाख, चितवनमा १६ लाख, नेपाल सरकारमा कर्मचारीहरुको ५ लाख ५० हजार, बिभिन्न कम्पनी तथा सर्वसाधारणहरुको करोडौ रकम ठगी गरिएको सम्बन्धनमा अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जनाएका छन् ।
View : 73
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved