विराटनगर । तेरापन्थ महिला मण्डल विराटनगरले शनिबार भव्य रुपमा श्री उत्सव मनाएको छ । विराटनगरको मेनरोेडस्थित जैन भवनमा आयोजित उत्सवमा महिलाहरूले आफैँले उत्पादन गरेका र अन्य विभिन्न सामग्री प्रदर्शनी गरेका हुन् ।
उत्सवमा बेकरी, खाना, गरगहना, महिलाका विभिन्न प्रकारका पहिरन, खाद्यान्न लगायतका ३२ वटा स्टल रहेका थिए ।
तेरापन्थ महिला मण्डल विराटनगरकी अध्यक्ष सन्तोष जैनले महिलाहरूलाई आत्मनिर्भर बनाउने अभियान अन्तरगत यस्तो उत्सव आयोजना गरिएको बताइन् ।
उत्सव उद्घाटन कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की, राष्ट्रिय मारवाडी परिषद्का उपाध्यक्ष भीमखचन्द्र सरल लगायतको सहभागिता रहेको थियो । उनीहरूले उत्सवको सफलताका लागि शुभकामना समेत दिएका थिए ।
View : 61
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved