Biratnagar, Morang, Nepal
२ माघ २०८१, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

यातायात क्षेत्रमा सुशासन कायम गर्न विधायन समितिले थाल्यो छलफल

उद्‌घोष सम्वाददाता
१ माघ २०८१, मङ्गलवार

सुनसरी । कोशी प्रदेशसभाको न्याय, प्रशासन तथा बिधायन समितिले यातायतक्षेत्र अन्तर्गत आवश्यक पर्ने थप ऐन तथा कानूनहरु निर्माणको लागि छलफल सुरु गरेको छ । 

समितिका सदस्यहरुले सोमबार इटहरीस्थित यातायात ब्यवस्था कार्यालयमा सरोकारवाला निकायहरुको भेला बोलाएर व्द्यिमान ऐन, कानून अन्तर्गतको सुधार गर्नुपर्ने र थप गर्नुपर्ने कानूनी प्रावधानका बारेमा सुझाव लिएको छ । 

छलफलमा यातायात क्षेत्रलाई ब्यवस्थित गर्नका लागि प्रदेश सरकारले बनाएको नियमावली, निर्देशिका र कार्यबिधि कार्यान्वयनमा देखिएका अप्ठ्यारा र चुनौतीको बिषयमा सुझाव लिइएको समितिका सदस्य रमेश बस्नेतले जानकारी दिए । यसअघि समितिले झापाको बिर्तामोडमा सुझाव लिएको थियो । 

दुबै ठाउँबाट आएको सुझावलाई समेटेर आन्तरिक मामिला तथा कानून मन्त्री समक्ष छलफल गरेर आवश्यक कानून निर्माणको लागि प्रदेश सभामा पेश गरिने बस्नेतले बताए । 

प्रदेश सरकारका नियमावलीहरु संघीय सरकारसाग बाझिएको र करको बिषयमा समेत देखिएको अन्योलता हटाउन समितिले थप पहल गरेको समिति सभापति कमला दर्नालले जानकारी दिइन् । 

छलफलमा यातायात ब्यवशायी तथा मजदुरहरुले बिभिन्न बहानामा दोहोरो तथा तेहोरो कर तिर्नुपरेको, रुटपरमिट लिदा झन्झट ब्यहोर्नुपरेको र सवारी चालक अनुमतिपत्र लिन सास्ती खेप्नुपरेको गुनासो गरेका थिए । 

प्रदेश तथा संघीय सरकारले यातायात क्षेत्रलाई बिभिन्न बहानामा कर असुल्ने थलो बनाएको भन्दै उनीहरुले मजदुर, ब्यवसायी तथा यात्रुमैत्री कानून निर्माण गर्न सुझाव दिएका छन् ।

View : 42

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved