Biratnagar, Morang, Nepal
७ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
साहित्य

गजल संग्रह ‘शराब’ माथि विमर्श

उद्घोष सम्वाददाता
२३ मंसिर २०८१, आइतवार

इटहरी । गजलकार कृष्ण काश्यपको गजलसङ्ग्रह शराबमाथि विमर्श तथा गजल वाचन कार्यक्रमको आयोजना गरिएको छ । क्यानभास साहित्य समाजको आयोजना तथा मासङ्गीत साधना प्रतिष्ठान नेपालको सहकार्यमा शनिबार कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा काश्यपको गजलसङ्ग्रह सराब माथि गजलकार तथा कवि टीका आत्रेय र सुरेश सुवेदीले टिप्पणी राखेका थिए । 

आत्रेयले गजललाई शील्पमा ढाल्ने काम गरिनु सबल पक्ष रहेको बताइन् । विषय विविधताका दृष्टिकोणमा कलात्मक गजल छन्,’ आत्रेयले भनिन्, गजल लेख्दा पनि अनुभूति हुनुपर्दोरहेछ । यो सङ्ग्रहमा पनि अनुभूतिसहित लेखिएको छ ।’

अर्का वक्ता सुवेदीले गजल सिद्धान्तभित्र रहेर लेखिनुपर्ने भएकाले पनि यसमा थुप्रै विवाद रहेको बताए । 

गजलकार काश्यपले भने आफ्नो उक्त पुस्तक दोस्रो कृति रहेकाले जुनसुकै प्रतिक्रिया पनि स्वीकार्य रहेको बताए । 

कवि बद्री भिखारीको अध्यक्षतामा भएको कार्यक्रमको दोस्रो चरणमा गजल वाचन राखिएको थियो । गजलकारद्वय राज भट्टराई र बबिता भुजेलले चार–चारवटा गजल वाचन गरे ।

View : 54

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved