विराटनगर । सोमबार विहान काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एयरको एउटा विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।
चालक दलका चार सदस्य र ७२ जना यात्री बोकेको बुद्ध एयरको उडान नम्बर बीएचए ९५३ जहाजको बायाँ इन्जिनमा समस्या आएपछि पुनः त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमै फर्काएर आकस्मिक अवतरण गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
सो कार्यालयका अनुसार काठमाडौंदेखि ४३ नटिकल माइल पूर्व पुग्दा बायाँ इञ्जिनमा समस्या भएपछि एउटै इञ्जिनबाट जहाजलाइ काठमाडौं फर्काइ आकस्मिक अवतरण गराइएको हो ।
सोमबार विहान १० बजेर ३७ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाको चन्द्रगढी उडेको सो विमानको इन्जिनमा समस्या आएपछि ११ः१५ बजे सुरक्षित अवतरण भएको उक्त कार्यालयले विज्ञप्ति निकालेर जनाएको छ ।
View : 459
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved