विराटनगर । विराटनगरमा पहिलो पटक न्यूरो सर्जरी शुरु गरेको न्यूरो अस्पतालले नयाँ न्यूरोसर्जन डा. सुनिलकुमार दासलाई भित्र्याएको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरमा जन्मेका डा. दास उत्कृष्ट शैक्षिक पृष्ठभूमि र अनुभवले भरिपूर्ण रहेकोले न्यूरो सर्जरीको क्षेत्रमा उत्कृष्ट रहेको न्यूरो अस्पतालको छविलाई थप योगदान पु¥याउने अपेक्षा अस्पतालले गरेको छ ।
चिकित्सकीय परिवारमा जन्मेका युवा न्यूरो सर्जन डा. सुनिलकुमार दासले अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) बाट न्यूरोसर्जरीमा एमसीएच प्राप्त गरेका छन्, जुन अत्याधुनिक सर्जरी चिकित्साका लागि उच्चतम योग्यता मानिन्छ ।
साथै, उनले पोष्टग्राजुएट इन्स्टिच्यूट अफ मेडिकल एजुकेसन एण्ड रिसर्च (पीजिमर), चण्डीगढबाट सामान्य शल्यक्रिया (एमएस) मा डिग्री प्राप्त गरेका छन्, जुन भारतमा रहेको स्वास्थ्य शिक्षा सम्बन्धी अर्को अग्रणी संस्था हो ।
शैक्षिक योग्यताको हिसाबले डा. दास न्युरो सर्जरीको विधामा पूर्ण रुपमा दक्ष रहेको अस्पतालले दावी गरेको छ ।
आफ्नो पढाइको सिलसिलामा अधिकांश समय भारतमा बिताएका डा. दासले एमसीएचको पढाइ पछि भारतकै कोलकातामा इन्स्टिच्यूट अफ न्यूरोसाइन्सेसमा तीन वर्ष न्यूरोसर्जनको रुपमा काम गरेको अनुभव छ ।
हामी डा. सुनिलकुमार दासलाई हाम्रो टिममा स्वागत गर्न पाउँदा एकदमै खुशी छौं, उनको विशेषज्ञता, स्वास्थ्य सेवा प्रति उनको समर्पण र बिरामी देखभालमा उनको प्रतिबद्धता हाम्रो अस्पतालको उद्देश्यसँग पूर्णरूपमा मेल खान्छ, अस्पतालका अध्यक्ष तथा बरिष्ठ न्यरोलोजिष्ट डा. वीरेन्द्रकुमार बिष्टले भने ।
न्युरो अस्पतालले नविन प्रविधि सहितको न्युरो सर्जरी सेवाहरुलाई निरन्तरता दिने बिष्टले बताएका छन् ।
View : 132
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved