विराटनगर । हक्कीका पूर्वराष्ट्रिय खेलाडी सुकुमार सेनको बुधबार राति निधन भएको छ । विराटनगर–११ महेन्द्रचोक निवासी ६४ वर्षीय सेनको हृदयघातबाट निधन भएको हो ।
उनी मंगलबार राती अबेरसम्म साथी–भाइहरूसँग राम्रोसँग गफगाफ गरेर सुतेका थिए ।
बिहान अबेरसम्म नउठेपछि परिवारका सदस्यहरूले अन्यलाई खबर गरी नजिकैको पारस हस्पिटल पुर्याएका थिए । हस्पिटलमा चिकित्सकले उनको शरीरका कुनै पनि अङ्गले काम नगरेको घोषणा गरेका थिए ।
अविवाहित सेन चार दाजुभाइमध्ये साहिँला छोरा थिए । उनी भाइ अशोकको परिवारसँग बस्दै आएका थिए ।
सेन उनै भाइ अशोकको नाममा स्थापित सवारी साधनको इञ्जिन मर्मत तथा क्यालिब्रेसन चेक गर्ने अशोक डिजल्सको सञ्चालन तथा बजार प्रवद्र्धन गर्दै आएका थिए ।
कुनै समय शारीरिक सुगठनमा कोशी प्रथम भएका सेन विराटनगरका उनका समकालीन साथीहरूका बीच प्रीय थिए ।
नेपाली कांग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि समेत रहेका सेनको बुधबार हाटखोलास्थित परम विश्रान्ति घाटमा अन्तिम संस्कार गरिएको छ ।
उनलाई श्रद्धाञ्जलि दिन नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली, नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत, पूर्व केन्द्रीय सदस्य अविनास बोहरालगायत थुप्रै शुभचिन्तकहरू घाटमा पुगेका थिए ।
View : 415
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved