न्यूयोर्क । गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाले न्यूयोर्क उडसाइडस्थित आफ्नै कार्यालय परिसरमा निःशुल्क खाद्यान्न वितरण गरेको छ ।
अमेरिकाको न्यूयोर्कमा रहेको पसाउद कम्युनिटी ऐफियर्स पेन्ट्रीसँगको सहकार्यमा अमेरिकाको ठूलो पर्वको रूपमा मनाइने थ्यांग्स गिभिङ डे (धन्यवाद दिवस) को अवसरमा १५० जनालाई निः शुल्क खाना, फ्रोजन चिकेन, फलफूलसहित तरकारी बाँडेको हो ।
फाउन्डेशनले अमेरिकाभर सामाजिक कामहरू गर्दै आइरहेको छ ।
‘सामाजिक उत्तरदायित्वअन्तर्गत हामीले निःशुल्क खाद्यान्न वितरण गरेका हौं’ गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले भने, ‘फाउन्डेशन मार्फत सामाजिक कामहरूमा हामीले तीब्रता दिंदै आइरहेका छौं ।’
View : 600
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved