Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

शिविरमा ३ सयभन्दा बढीको जाँच

उद्‌घोष सम्वाददाता
२९ पुष २०८१, सोमवार

विराटनगर । नोना कोइराला स्मृति प्रतिष्ठान विराटनगरले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३ सयभन्दा बढीले स्वास्थ्य जाँच गरेका छन् । मोरङको बूढीगंगा गाउँपालिका–४ स्थित सरस्वती आधारभूत स्कुलमा भएको एकदिने निःशुल्क स्वाथ्य शिविरबाट ३ सय जनाभन्दा बढीले स्वास्थ्य जाँच गरेका हुन् । 

बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगरले उद्घाटन गरेको शिविरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा सन्जीवकुमार शर्माले इको, फोक्सो, ईसीजी र मधुमेह जाँचलगायतका स्वास्थ्य उपचारमा सहयोग पुर्याएको नोना कोइराला स्मृति प्रतिष्ठानका महासचिव अमित श्रीवास्तवले जानकारी दिए ।

श्रीवास्तवका अनुसार उक्त शिविरमा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफ्नी आमाको नाममा बूढीगंगा गाउँपालिकाका प्रत्येक वडामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको अध्यक्ष थापामगरले बताए ।

View : 33

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved