काठमाडौं । सामसङ इनोभेसन क्याम्पसमार्फत सामसङ नेपालले एआईसहितको डिजिटल पाठ्यक्रममा आधारित पाठ्यक्रम पढाएर प्रमाणपत्र वितरण सुरु गरेको छ ।
नेपाली युवाहरूलाई सशक्तिकरण गर्ने क्रममा सामसङ नेपालले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पसमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कोर्ष पूरा गरेका ३० विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको हो । यसका साथसाथै क्याप्पसले कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याचमा प्रवेश गर्ने ६० जना विद्यार्थीहरूलाई स्वागत पनि गरेको छ ।
सन् २०२२ मा सुरु भएदेखि सामसङ इनोभेसन क्याम्पसले युवाहरूलाई चौथो औद्योगिक क्रान्तिको लागि आवश्यक सीपहरू प्रदान गरी भविष्यका लागि जनशक्ति तयार गरेको जनाएको छ ।
पाँच महिनाको कोर्ष एआई पाठ्यक्रम, उन्नत एआई अवधारणाहरू र व्यावहारिक अनुप्रयोगहरूमा आधारित रहेको जनाइएको छ ।
View : 67
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved