काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय सुकेधारामा निर्माण भएको पाँचतारे मर्क्युर होटेलको बुधबार उद्घाटन गर्दै पर्यटन उद्योगको विकासका लागि सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
होटल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनी मातहतमा नेपालमा पहिलोपटक मर्क्युर होटेल सञ्चालामा आएको हो ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटकलाई नेपाल भ्रमण गराउन उक्त होटेलले योगदान गर्ने विश्वास व्यक्त गरे । उनले होटेल व्यवसायमा मर्क्युरले नयाँपन दिँदै यस व्यवसायलाई प्रोत्साहन पुग्ने बताए ।
उक्त होटलको निर्माण होटल तथा पर्यटन व्यवसायी देशबन्धु बस्नेतले तीन अर्ब रुपैयाँ बढीको लागतमा मर्क्योर होटल सञ्चालनमा ल्याएका हुन् ।
होटल व्यवस्थापन अन्तर्राष्ट्रिय कम्पनी एकोर ग्रुपअन्तर्गतको मर्क्योर ब्रान्डले निर्माण गरेको हो । बस्नेतले सुनसरीको इटहरीमा समेत होटल निर्माण गरिरहेका छन् ।
View : 19
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved