Biratnagar, Morang, Nepal
२३ पुष २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
खेलकुद

आस्था कलेज कोशी च्याम्पियन

उद्‌घोष सम्वाददाता
१७ पुष २०८१, बुधवार

सुनसरी । राष्ट्रिय उच्च मावि क्रिकेट च्याम्पियनसिपको कोशी प्रदेश छनोटमा झापाको आस्था कलेज च्याम्पियन बनेको छ । 

इटहरीस्थित जनता क्रिकेट मैदानमा मंगलबार सम्पन्न प्रतियोगितामा इटहरीकै सुष्मा गोदावरी कलेजलाई सात विकेटले पराजित गर्दै दमकको आस्था कलेज च्याम्पियन बनेको हो ।

मंगलबार भएको फाइनलमा सुष्माले दिएको ६३ रनको विजयी लक्ष्य पछ्याएको आस्थाले ५ दशमलव ४ बलमा ३ विकेट गुमाउदै पूरा गर्यो ।

आस्थाको लागि भूपाल दंगालले सर्वाधिक ३२ र सौजन घिमिरेले १४ रन बनाए । सुष्माका नजिर आलमले २ विकेट लिए । त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको सुष्माले निर्धारित १० ओभरको खेलमा सबै विकेट गुमाउँदै ६२ रन मात्र बनाउन सक्यो ।

सुष्माको लागि नजिरले सर्वाधिक २० र अन्जुल मेहेताले १६ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो रन जोड्न सकेनन् । आस्थाका सौजनले ३ विकेट लिए । उनी फाइनल खेलका उत्कृष्ट खेलाडी घोषित भए । उपाधिसँगै आस्थाले ५० हजार रकमसमेत पाएको छ ।

दुई दिनसम्म चलेको प्रतियोगितामा कोशी प्रदेशका बिभिन्न जिल्लाबाट छनोट भएर आएका ६ वटा कलेजहरुको सहभागिता थियो । 

प्रादेशिक विजेता आस्था कलेजले आगामी माघ २३ गतेदेखि काठमाडौंमा हुने राष्टिय प्रतियोगितामा प्रतिष्पर्धा गर्न पाउनेछ ।

हाइपयेती इभेन्ट्स र ई–प्लानेट एजुकेशन कन्सल्टेन्सीको संयुक्त आयोजनामा हुन लागेको सो प्रतियोगितामा सात वटै प्रदेशबाट छानिएका टोलीहरु र आयोजक गरी ८ टोलीले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिताका खेलहरु टि–टेन ढाँचामा हुनेछ ।

View : 60

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved