बिराटनगर । कोशी प्रदेशसभाको छैटौं तथा हिउँदे अधिवेशन माघ ७ गते बोलाउने सरकारले निर्णय गरेको छ ।
आइतबार विहान बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन आउँदो माघ ७ गते दिउँसो २ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेश सभा बैठक आह्वानका लागि प्रदेश प्रमुखलाई सिफारिस गरिएको जानकारी दिए ।
सरकारले हिउँदे अधिवेशनमा कम्तिमा पनि ४ वटा विधेयक प्रदेश सभामा पठाइसक्ने तयारी गरेको छ ।
सरकारले प्रदेश सभालाई बिज्नेश अभाव हुन नदिने गरी विधेयकहरू प्रदेश सभामा लैजान लागेको जनाइएको छ ।
हिउँदे अधिवेशन बोलाउने सरकारको सिफारिससँगै प्रदेश प्रमुख परशुराम खापुङले बैठक आह्वान गर्नेछन् ।
आह्वान अनुसार प्रदेशसभा सचिवालयले बैठकका लागि आवश्यक सूचना र तयारी अघि बढाउने छ ।
View : 38
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved