Biratnagar, Morang, Nepal
२३ पुष २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
साहित्य

हरि कट्टेलको दीप्तदृष्टि लोकार्पण

उद्‌घोष सम्वाददाता
१६ पुष २०८१, मङ्गलवार

विराटनगर । कवि हरि कट्टेलको नवौं कृति दीप्तदृष्टि सोमबार विराटनगरमा लोकार्पण भएको छ । कोशी प्रदेश प्रमुख परशुराम खापुङ, साहित्यकार एनपी आचार्य, खेम नेपाली, सरला चापागाईं, बलराम पोखरेल, महाकाव्यकार सोमराज अभय, प्राडा गणेश क्षेत्रीलगायतले कृतिको लोकार्पण गरेका थिए । 

नेपाल स्रष्टा समाज काठमाडौंबाट प्रकाशित सो कृति नेपाल स्रष्टा समाज कोशी प्रदेशले एक समारोह गरी सोमबार सार्वजनिक गरेको हो । कृतिमाथि प्राडा रमेश घिमिरे र प्राडा हरिहर भण्डारीले समीक्षा गरेका थिए । 

कृतिका बारेमा बोल्दै प्राडा रमेश घिमिरेले दीप्तदृष्टि पढेपछि आफूले हरि कट्टेललाई  शास्त्रीय छन्दलाई कब्जामा लिएको कविका रुपमा देखेको बताए । अर्का समीक्षक प्राडा हरिहर भण्डारीले छन्दोबद्ध कविताका क्षेत्रमा हरि कट्टेललाई र उनको दीप्तदृष्टि सङ्ग्रहलाई  खोजेर पढ्नु पर्ने दिन आएको बताए  । 

खोटाङ सामाजिक सेवा मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीको अध्यक्षता भएको समारोहमा पोखरा, इलाम,  झापा, सुनसरी, धनकुटा र मोरङका विशिष्ट साहित्यकारहरूको उपस्थिति थियो । 

कार्यक्रममा कवि चिरञ्जीवी काफ्ले, बालकवि प्रज्ञा कट्टेल लगायतले कविता वाचन गरेका थिए ।

View : 83

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved