विराटनगर । भुजेल समाज सेवा समिति विराटनगर महानगरपालिका समितिले मंगलबार भुगलो याला १५२९ मनाएका छन् ।
हरेक वर्ष माघ १ गतेदेखि प्रारम्भ हुने नयाँ वर्षलाई भुजेल जातिले भुगलो याला ब्रोबो नेक भन्ने गर्दछन् ।
भुजेल जातिको लोपोन्मुख भाषा, लिपि, संस्कार, संस्कृति, संरक्षण, प्रबद्र्धन र पुस्तान्तरण गर्न कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष गोपाल भुजेलले बताए ।
विराटनगर महानगरपालिका निवासी भुजेल समुदायको सहभागितामा दीपावली र सांस्कृतिक कार्यक्रमको साथ १५२९ औं ब्रोबो नेक (नयाँ वर्ष) मनाइएको थियो ।
विराटनगर महानगरपालिकाको १९ वटै वडामा करिव १ सय ८० घर परिवारमा महिला ४ सय २६, पुरुष ४ सय ४ जना गरी जम्मा ८ सय ३० जनसंख्या रहेको समितिका सचिव गंगा भुजेलले बताए ।
View : 40
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved