विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याब्सन) मोरङको अध्यक्षमा जगतबहादुर बस्नेत निर्वाचित भएका छन् । शुक्रबार राती सम्पन्न भएको निर्वाचनबाट अध्यक्षमा बस्नेतको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।
१६औं जिल्ला अधिवेशनका क्रममा निर्वाचन दुईवटा प्यानलबीच भएको थियो । परिणाम भने मिश्रित आएको जनाइएको छ ।
अध्यक्षमै भिडेका सुरेन्द्र सुवेदी बस्नेतसँग १७ मतले पराजित बनेका हुन् । बस्नेतले १०७ मत प्राप्त गरे । सुवेदीले भने ९३ मत ल्याएका थिए ।
बरिष्ठ उपाध्यक्षमा सुवेदी प्यानलका मोहन बुढाथोकी निर्वाचित भए । बुढाथोकीले १०६ मत ल्याउँदा बस्नेत प्यानलका उपेन्द्र कँडेलले ९६ मत पाएर पराजित बने ।
उपाध्यक्षमा बस्नेत प्यानलका विष्णु डंगोलले १०४ र सचिवमा सुवेदी प्यानलका देवी सिटौलाले १०६ मत ल्याएर निर्वाचित भए ।
कोषाध्यक्ष पदका प्रतिष्पर्धीहरू मणिराज भट्टराई र नगेन्द्र प्रसाद ढकाल दुवैले १०१–१०१ मत पाएर बराबरी भएपछि गोलाप्रथाबाट बस्नेत प्यानलकै भट्टराई निर्वाचित भए ।
त्यस्तै सहसचिवमा सुवेदी प्यानलका दिपेन्द्र राई र सह–कोषाध्यक्षमा केदार पौडेल निर्वाचित भए । राईले १०९ र पौडेलले १२२ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।
खुल्ला सदस्यतर्फ महेन्द्र मण्डल, नन्दलाल मण्डल, तेजबहादुर खत्री, रुद्र थापा र इन्द्रकुमार राई निर्वाचित भए ।
विराटनगर भुगोलतर्फको सदस्यमा हिराबहादुर मगर र सुन्दरहरैंचा भुगोल सदस्यमा तिलक राई निर्वाचित भएका छन् । उर्लाबारी भुगोल सदस्यमा भने नेत्र गड्तौला सर्वसम्मत बनेका थिए ।
अधिवेशनले महाधिवेशन प्रतिनिधिमा दुर्गाप्रसाद घिमिरे, नवराज दवाडी, चण्डीप्रसाद रेग्मी, दिनेश पोख्रेल, सुवास पौडेल, गोविन्द्र बहादुर कार्की, सुरेन्द्र लिम्बु, नोवल किशोर खनाल र निरुप ढकाललाई निर्वाचित गरेको निर्वाचन समितिले जनाएको छ ।
View : 339
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved