संखुवासभाको चैनपुर नगरपालिका-१ मा करिब २ हजार ९०० मिटर उचाइस्थित गुफापोखरीमा हिमपात भएपछि सेताम्मे बनेको आसपासको क्षेत्र । मंगलबार रातीदेखि जिल्लाको गुफा, मङ्गलबारे, किमाथाङ्कालगायत माथिल्लो भेगमा हिमपात भएको जनाइएको छ । तस्बिर : भविन कार्की/रासस
किमाथाङ्का । जिल्लाको माथिल्लो क्षेत्रमा वर्षा हुँदा हिमपात हुँदा जनजीवन प्रविभात भएको छ ।
चैनपुर नगरपालिका–१ गुफापोखरी आसपास गए रातिदेखि हिमपात भएको स्थानीयवासी आङकाञ्जु शेर्पाले बताए ।
उनका अनुसार गुफापोखरी, मंगलबारे, किमाथाङ्का र मकालु लगायतमा गएरातिदेखि हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो ।
अहिले पनि सो क्षेत्रमा हल्का वर्षा र हिउँ पर्ने क्रम जारी रहेको बताइएको छ । चिसोले बालबालिका, वृद्धवृद्धा र पशुचौपाया बढी प्रभावित भएका जनाइएको छ ।
पाथीभरा क्षेत्रमा पनि हिमपात
सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा मंगलबार साँझदेखि हिमपात भएको छ ।
तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने तीर्थस्थल पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ ।
पाथीभरा मन्दिर जाने पदमार्गअन्तर्गत फेदीको बस्तीसहित सोभन्दा माथि हिमपात भइरहेको फेदीस्थित प्रहरी चौकीका हबल्दार मिलन कटुवालले जानकारी दिए ।
हिमपात भए पनि जनजीवनमा सामान्य रहेको उनले बताए । यसपटक लामो समयपछि जिल्लाको केही ठाउँमा सामान्य वर्षा भएको हो । हिउँद लागेपछि लामो समयसम्म पानी नपर्दा हिउँदे बालीनाली लगाएका किसानलाई भने समस्या भइरहेको थियो ।
सामान्य वर्षा र हिमपात हुन सुरु भएपछि भने यसले केही राहत पुग्ने किसानले बताएका छन् ।
केही दिनयता चिसो बढेसँगै पाथीभरामा तीर्थयात्रीको आगमनको संख्या घटेकोे पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए ।
बर्सेनि हिउँ परेपछि भने पाथीभरामा आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्ने गरेको छ ।
View : 34
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved