विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिकामा पर्ने नडाहाको जङ्गलमा मंगलबार सवारी दुर्घटना हुँदा उच्च अदालत पाटनका न्यायाधीश नारायणप्रसाद रेग्मीसहित दुई जना घाइते भएका छन् ।
न्यायाधीश रेग्मी चढेको बीएबी ७१४६ नम्बरको कार मंगलबार साँझ दुर्घटनामा परेको प्रहरीले जनाएको छ । मदन भण्डारी राजमार्गमा पर्ने बराहक्षेत्र–३ को जङ्गलमा कार दुर्घटना भएको हो ।
५४ वर्षीय न्यायाधीश रेग्मी र उनीसँगै कारमा सवार कृष्ण खनाल घाइते भएको र उनीहरूको नोबेल शिक्षण अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।
View : 42
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved