विराटनगर । उदयपुर सदरमुकाम गाइघाटमा शाखा रहेका छ वटा बाणिज्य बैंकहरूले जिल्ला प्रहरी कार्यालय उदयपुरलाई १४ थान सीसीटीभी क्यामेरा प्रदान गरेका छन् ।
गाइघाट बजारलाई प्रविधिमैत्री बनाई सडक सुरक्षा व्यवस्थापनलाई सुदृढ र प्रभावकारी बनाउन सहयोग पु¥याउने उद्देश्यले त्रियुगा नगरपालिका र जिल्ला प्रहरी कार्यालय उदयपुरसँगको सहकार्यमा सीसीटीभी क्यामेरा हस्तान्तरण गरेका हुन् ।
राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, सानिमा बैंक, ग्लोबल आईएमई. बैंक, लक्ष्मी सनराइज बैंक र सिद्धार्थ बैंकका शाखा प्रमुखहरूले एक कार्यक्रमका बीच जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक हरिहरनाथ योगीलाई सीसीटीभी क्यामेरा हस्तान्तरण गरेका हुन् ।
प्रहरी उपरीक्षक योगीले यस्तो सहयोगले प्रहरी र समुदायबीचको सहकार्य बृद्धि गर्दै अपराध नियन्त्रण र बजार क्षेत्रको सुरक्षा व्यवस्थापनमा ठुलो सहयोग पुग्ने बताए ।
View : 75
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved