Biratnagar, Morang, Nepal
१२ वैशाख २०८१, बुधवार
+977 21 450305, 515728, 578305
कोशी
प्राध्यापकको कमीले पठनपाठनमा समस्या
उद्घोष सम्वाददाता ११ वैशाख २०८१, मङ्गलवार

विराटनगर । महेन्द्र मोरङ क्याम्पस विराटनगरमा अध्यापन गराउने शिक्षक (प्राध्यापक) को कमीले गर्दा पठनपाठनमा समस्या भएको छ । त्रिवि प्राध्यापक संघ महेन्द्र मोरङ एकाईले सोमबार गरेको प्राध्यापक सम्मान कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख डा रामावतार शरणले विगतमा एक सय ८६ बढी पूर्णकालिन प्राध्यापक रहेकोमा वर्तमानमा त्यो संख्या घटेर  एक सय १६ जना पुगेकोले पठनपाठनमा समस्या भएको बताए । त्रिवि सेवा आयोगको कार्य लामो समयदेखि अवरुद्ध हुँदा नयाँ नियुत्तिका लागि लामो समयदेखि परीक्षा हुन सकेको छैन । यस्तै प्रमुख डा शरणले कर्मचारी पनि कम भएकोले कर्मचारी र प्राध्यापकलाई करारमा नयाँ नियुक्तिका लागि प...

समाज
बादर धपाउन बन्दुक पड्काउदा मृत्यु
उद्घोष सम्वाददाता ११ वैशाख २०८१, मङ्गलवार

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–४ सिबुवामा बाँदर धपाउन राखिएको बन्दुक पड्किदा एक जनाको मृत्यु भएको छ । आइतबार राती मकै रोपेको खेतमा बाँदरलाई धपाउनको लागि भरुवा बन्दुक पड्काउने क्रममा उक्त बन्दुकको फायरिङ पिनको नाल फुटी पड्किदा स्थानीय ५१ वर्षीय मनकुमार सिगुको मृत्यु भएको हो । बारुदको छर्राले शरिरको बिभिन्न भागमा लागेर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल पाँचथरमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय अमरपुर र अस्थाई प्रहरी चौकी पाँचथरबाट गएको प्रहरी टोलीले अनुसन्धान तथा कानूनी कारवाही थालेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाए...

राजनीति
कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु
उद्घोष सम्वाददाता ११ वैशाख २०८१, मङ्गलवार

काठमाडौँ, ११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता सुरु भएको छ । अपराह्न कतारका अमिर राष्ट्रपति निवास शीतल निवास पुग्दा राष्ट्रपति पौडेलले उनलाई स्वागत गरेका हुन् । शीतल निवासको गण्डकी हलमा सुरु भएको भेटवार्तामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सवारी व्यवस्थापनको जिम्मेवारीमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्तेतलगायत विशिष्ट पदाधिकारीहरु संलग्न रहेका छन् । उनीहरुबीच द्विपक्षीय हित र चासोसहित कूटनीतिक सम्बन्धका विषयमा छलफल हुने बताइएको छ । कतारका अमिर अल था...

राष्ट्रिय

आर्थिक
ल्याक्मे सन स्क्रिनको लन्च
उद्घोष सम्वाददाता १२ वैशाख २०८१, बुधवार

विराटनगर । युनिलिभर नेपालको सौन्दर्य प्रशाधनअन्तर्गतको ल्याक्मे सन स्क्रिन लोसन अझ परिष्कृत हुँदै नयाँ स्वरुपमा बजारमा आएको कम्पनीले जनाएको छ । नयाँ उत्पादनको बारेमा जानकारी दिन कम्पनीले विभिन्न प्रकारका सार्वजनिक कार्यक्रमहरू गरेको छ । यसैबीच मंगलबार कम्पनीले काठमाडौंमा दरबारमार्गदेखि झम्सीखेलसम्म पहेँले रंगको ड्रेसमा मोडलहरूको परेड गराएर ल्याक्मे सन स्क्रिन लोसनको नयाँ उत्पादनको बारे उपभोक्तालाई जानकारी दिएको छ । ‘मी इन दी सन’ अर्थात् ‘घाममा म’ नाम दिएर मोडलहरूलाई परेड गराएको कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो उत्पादनको सन ब्लक लोसन प्रयोग गरे घामदेखि डराउनु पर्...

शिक्षा
प्राध्यापकको कमीले पठनपाठनमा समस्या
उद्घोष सम्वाददाता ११ वैशाख २०८१, मङ्गलवार

विराटनगर । महेन्द्र मोरङ क्याम्पस विराटनगरमा अध्यापन गराउने शिक्षक (प्राध्यापक) को कमीले गर्दा पठनपाठनमा समस्या भएको छ । त्रिवि प्राध्यापक संघ महेन्द्र मोरङ एकाईले सोमबार गरेको प्राध्यापक सम्मान कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख डा रामावतार शरणले विगतमा एक सय ८६ बढी पूर्णकालिन प्राध्यापक रहेकोमा वर्तमानमा त्यो संख्या घटेर  एक सय १६ जना पुगेकोले पठनपाठनमा समस्या भएको बताए । त्रिवि सेवा आयोगको कार्य लामो समयदेखि अवरुद्ध हुँदा नयाँ नियुत्तिका लागि लामो समयदेखि परीक्षा हुन सकेको छैन । यस्तै प्रमुख डा शरणले कर्मचारी पनि कम भएकोले कर्मचारी र प्राध्यापकलाई करारमा नयाँ नियुक्तिका लागि प...

स्वास्थ्य
उपचारमा लापरवाही गरेको भन्दै नोबेलका डाक्टर साहलाई कारवाहीको माग
उद्घोष सम्वाददाता ७ वैशाख २०८१, शुक्रवार

विराटनगर । नोबेल मेडिकल कलेज र त्यहाँ कार्यरत एक चिकित्सकलाई कारवाहीको माग गर्दै एक महिलाले मोरङ प्रशासनमा निवेदन दिएकी छन् । इटहरी–५ निवासी आस्था दाहालले उनका श्रीमान सुमन तिम्सिनाको गलत उपचार गरेको जनाउँदै बिहीबार जिल्ला प्रशासन कार्यालयमा कारवाही र क्षतिपूर्तिको माग गरेर निवेदन दिएकी हुन् । मृगौलामा १३ एमएमको पत्थरी रहेकाले तिम्सिना नोबेलमा कार्यरत चिकित्सक रामसागर साहसँग सुझावका लागि पुगेका थिए । गत चैत ८ मो तिम्सिनालाई पीसीएनएल प्रविधिबाट शल्यक्रिया गर्ने भनेर डा. साहले नोबेलमा भर्ना गरेका थिए । ‘४५ हजार रूपैंयाँको बिल तिरेपछि ९ गते अप्रेशन थिएटरमा लगेर श्रीमानलाई ब...

खेलकुद
राष्ट्रिय महिला लिग छनोटमा कोशी प्रदेशको लगातार दोस्रो जित
उद्घोष सम्वाददाता ११ वैशाख २०८१, मङ्गलवार

सुनसरी । राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा कोशी प्रदेशले लगातार दोस्रो जित निकालेको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली रंगशालामा सोमबार बिहान भएको पहिलो खेलमा कोशीले सुदूरपश्चिम प्रदेश विरुद्ध २–१ को जित निकालेको हो । कोशीलाई जित दिलाउन दुबै गोल समीक्षा मगरले गरिन् । सुदूरपश्चिमका लागि यशोदा चिरालले एक गोल फर्काइन् । खेलको नवौं मिनेटमा उदयपुर मैनामैनीकी समीक्षाको गोल मार्फत कोशीले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा समीक्षाले नै टोलीको अग्रता दोब्बर बनाएर जित निश्चित गरिन् । यशोदाले ४९ औं मिनेटमा गोल गर्दै सुदूरपश्चिमलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो ज...

साहित्य
श्रष्टा समाज कोशी प्रदेशमा मार्सेली
उद्घोष सम्वाददाता ११ वैशाख २०८१, मङ्गलवार

विराटनगर। नेपाल श्रष्टा समाज कोशी प्रदेशको संयोजकमा कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ लाई चयन गरिएको छ । विराटनगरमा आइतबार आयोजित कार्यक्रममा भण्डारीको संयोजकत्वमा ७ सदस्यीय कोशी प्रदेश तदर्थ समितिको चयन गरिएको हो । समितिको सहसंयोजकमा बाबुराम पोखरेल(विराटनगर), सचिवमा लक्ष्मी पोखरेल(विराटनगर), कोषाध्यक्षमा प्रेम ओझा(पाँचथर) र सदस्यहरूमा शारदा भट्टराई (भोजपुर), मिश्रा गुरुङ (संखुवासभा) र खगिन्द्रा खुशी (झापा) रहेका छन् । नेपाल श्रष्टा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ र महासचिव देविका तिम्सिनाको उपस्थितिमा कोशी प्रदेश समिति गठन गरिएको संयोजक भण्डारीले जानकारी दिए । कोश...

वातावरण
कोशी प्रदेशको पहाडी क्षेत्रसहित बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षा हुने
उद्घोष सम्वाददाता ७ वैशाख २०८१, शुक्रवार

काठमाडौँ, ७ वैशाख । शुक्रबार कोशी प्रदेशका पहाडी भागका केही स्थानसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । त्यसैगरी  देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा वर्षा र हिमपातको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै महाशाखाले अहिले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम मुख्यतया सफा रहेको जनाएको हो । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागम...

मनोरञ्जन
टिकटक: कसैले नाम कमाए, कसैले नामसँगै दाम
जुनु भट्टराई १० वैशाख २०८१, सोमवार

विराटनगर । केही समय पहिले नाम र दाम कमाउनेहरूका लागि एउटा गतिलो र सजिलो माध्यम बन्यो टिकटक । आफूमा भएको प्रतिभालाई टिकटकको माध्यमबाट मनोरञ्जन लिने र दिने दुबै कार्यका लागि बच्चादेखि बृद्धसम्म धेरैले टिकटकलाई माध्यम बनाए । क्षमता हुनेले आफ्नो प्रतिभा देखाउने माध्यमको रुपमा टिकटकलाई लिए भने धेरैले टिकटककै माध्यमबाट आफूमा भएको प्रतिभाको पहिचान पनि गरे । टिकटक अकाउण्टमा फ्यान फलोअर्स बढाएर लाइभमा बसी यसैबाट धेरैले सजिलै पैसा पनि कमाए । यसरी टिकटक अकाउण्टकै कारण नाम, दाम र अवसर समेत कमाएकी मध्येकी एक हुन धनकुटा पाख्रिबासकी अनुजा थापा । धनकुटा पाख्रीवासकी २६ वर्षीय अनुजा सुरुका दिनहरूमा &...

अन्तर्राष्ट्रिय
पाकिस्तानमा एकसाता परेको चट्याङ र वर्षाका कारण ४१ जनाको मृत्यु
उद्घोष सम्वाददाता ३ वैशाख २०८१, सोमवार

लाहोर, ३ वैशाख । पाकिस्तानमा शुक्रबारदेखि आइतबारसम्ममा चट्याङ, हावाहुरी र बर्षाका कारण कम्तीमा ४१ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । मृतकमध्ये २८ जनालाई चट्याङ लागेको थियो ।  पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले आगामी दिनमा थप वर्षा हुने भएकाले पहिरो र आकस्मिक बाढीको चेतावनी दिएको छ । पाकिस्तानको सबैभन्दा ठूलो र बढी जनसङ्ख्या भएको प्रान्त पञ्जाबमा शुक्रबारदेखि आइतबारसम्म चट्याङ लागेर २१ जनाको मृत्यु भएको छ । ’मैले एनडीएमएलाई प्रान्तहरूसँग समन्वय गर्न भनेको छु र एनडीएमएले क्षति भएका क्षेत्रहरूमा राहत सामग्री हरू प्रदान गर्न, &l...

प्रविधि
अपाचेको आरटीआर १६०–टूभी रिफ्रेस सार्वजनिक
उद्घोष सम्वाददाता १० वैशाख २०८१, सोमवार

विराटनगर । टीभीएस मोटर नेपालको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०–टूभी रिफ्रेस विराटनगरमा सार्वजनिक गरेको छ । यसअघि टीभीएसले नेपाली बजारमा टीभीएस रोनिन, अपाचे, एन्टर्क, रेडर, आइक्युव जस्ता बाइक तथा स्कुटरहरू उपलब्ध गराउँदै आएको थियो । टीभीएस बाइक र स्कुटरमा आधुनिक विशेषताहरु समावेश गर्दै प्रयोगकर्ताहरु माँझ प्रभाव पार्न सफल भएको जनाइएको छ । अपाचेको नयाँ मोडल आरटीआर १६०–टूभी रिफ्रेसमा कम्पनीले विभिन्न विशेषताहरू थप गरी नेपाली बजारमा सार्वजनिक गरेको हो ।  आरटीआर १६०–टूभी रिफ्रेसमा १६० सीसी आरटीआर इन्जिन रहेको कम्पनीले जन...

विचार
सबैको ध्यान इलाम २ मा
डीपी ढुंगेल १० वैशाख २०८१, सोमवार

लोकतन्त्रको सुन्दर पक्ष आवधिक निर्वाचन हो । जनताद्वारा छानिएका जनप्रतिनिधिले देश सञ्चालन गर्ने अन्तर्राष्ट्रिय विधि नै लोकतन्त्रको विशेषता हो । कोशी प्रदेशको इलाम जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा यही वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । विसं २०७९ सालको संसदीय निर्वाचनबाट निर्वाचित पूर्व सभामुख सुवासचन्द्र नेवाङको देहान्तपछि इलाम क्षेक्र नम्बर २ रित्त थियो । निर्वाचन आयोगको कार्यालयले यही वैशाख १५ गतेका लागि उपनिर्वाचनको मिति तोकिसकेको छ । जसले गर्दा अहिलेको राजनीति इलाम क्षेत्र  नम्बर २ मा तातेको छ । इलाममा यतिखेर २० राजनीतिक दलहरु तथा अन्य स्वतन्त्र उम्मेदवारहरु चुनावी प्रचारपचारमा व्यस...

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved