Biratnagar, Morang, Nepal
१२ असार २०८१, बुधवार
+977 21 450305, 515728, 578305
कोशी
अजोड इन्स्युरेन्स विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, पत्रकार महासंघ मोरङले हाल्यो मुद्दा
उद्घोष सम्वाददाता १० असार २०८१, सोमवार

विराटनगर, १० असार । नेपाल पत्रकार महासंघ मोरङले अजोड इन्स्युरेन्स बीमा कम्पनीविरुद्ध अदालतको अवहेलनामा सजायको माग गर्दै सोमबार उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गरेको छ ।  कोरोना बिमा बापतको रकम भुक्तानी गर्न उच्च अदालत विराटनगरले अजोड इन्स्युरेन्स बीमा कम्पनीका नाममा २०७९ जेठ १६ मा परमादेश जारी गरेपनि अदालतको आदेशको अवज्ञा गरेपछि पत्रकार महासंघ मोरङले उच्च अदालतको अवहेलनामा सजायको माग गर्दै मुद्दा दर्ता गरेको हो ।  न्याय प्रशासन ऐन २०७३ को दफा १७ (२) ले उच्च अदालतले आफ्नो र मातहतको अदालत वा न्यायिक निकायको न्याय सम्पादनको कार्यमा कसैले अवरोध गरेमा वा आदेश वा फैसलाको अवज्ञा गर...

समाज
प्रेमिकाबाट धोका पाएको भन्दै मेहताले रोजे मृत्यु
उद्घोष सम्वाददाता ९ असार २०८१, आइतवार

धनकुटा । धनकुटा जिल्ला अस्पतालका ल्याब असिष्टेन्ट अर्जुन मेहता आइतबार मृत फेला परेका छन् । सुनसरीको देवानगञ्ज गाउापालिका–६ घर भएका २८ वर्षीय मेहताले प्रेमिकाबाट धोका पाएको भन्दै स्टाटस लेखेर आत्महत्या गरेका हुन् । केही दिनका लागि बिदामा घर गएका उनी आइतबार बिहान मृत अवस्थामा भेटिएको जानकारी आएको अस्पताल स्रोतले जनाएको छ । सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले घटनाको पुष्टि गर्दै यसबारे अनुसन्धान भइरहेको जानकारी दिए । मृतकको शव पोस्टमार्टमका लागि इनरुवास्थित जिल्ला अस्पताल लगिएको छ । कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा दरबन्दी भएका मेहता २०७८ कात्तिकदेखि धनकुटा जिल्ला अस्पतालमा का...

राजनीति
कोशी सरकार गठनको विवादसम्बन्धी बहस अन्तिम चरणमा
उद्घोष सम्वाददाता १० असार २०८१, सोमवार

विराटनगर । कोशी प्रदेश सरकार गठन सम्बन्धी विवादको बहस सर्वोच्च अदालतमा अन्तिम चरणमा पुगेको छ । सर्वोच्चमा सोमबार रिट निवेदनका प्रत्यार्थीहरूका तर्फबाट बहस नसकिए पनि बहस अन्तिम चरणमा पुगेको हो ।  न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा रिटको सुनुवाइ भइरहेको छ । सुनुवाइ नसकिएकै कारण सोमबार पनि हेर्दाहेर्दैमा राखिएको छ । मंगलबार भने बहस सकिएर फैसला आउन सक्ने सम्भावना बढेर गएको जनाइएको छ । सोमबार वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तर्फबाट बरिष्ठ अधिवक्ताहरू माधव बस्नेत, टिकाराम भट्टराई, डा. सुरेन्द्र भण्डारी, डा. भिमार्जुन आचार्य, प्रकाश केसी...

राष्ट्रिय
कोशी सरकार गठनको विवादसम्बन्धी बहस अन्तिम चरणमा
उद्घोष सम्वाददाता १० असार २०८१, सोमवार

विराटनगर । कोशी प्रदेश सरकार गठन सम्बन्धी विवादको बहस सर्वोच्च अदालतमा अन्तिम चरणमा पुगेको छ । सर्वोच्चमा सोमबार रिट निवेदनका प्रत्यार्थीहरूका तर्फबाट बहस नसकिए पनि बहस अन्तिम चरणमा पुगेको हो ।  न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा रिटको सुनुवाइ भइरहेको छ । सुनुवाइ नसकिएकै कारण सोमबार पनि हेर्दाहेर्दैमा राखिएको छ । मंगलबार भने बहस सकिएर फैसला आउन सक्ने सम्भावना बढेर गएको जनाइएको छ । सोमबार वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तर्फबाट बरिष्ठ अधिवक्ताहरू माधव बस्नेत, टिकाराम भट्टराई, डा. सुरेन्द्र भण्डारी, डा. भिमार्जुन आचार्य, प्रकाश केसी...

आर्थिक
अजोड इन्स्युरेन्स विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, पत्रकार महासंघ मोरङले हाल्यो मुद्दा
उद्घोष सम्वाददाता १० असार २०८१, सोमवार

विराटनगर, १० असार । नेपाल पत्रकार महासंघ मोरङले अजोड इन्स्युरेन्स बीमा कम्पनीविरुद्ध अदालतको अवहेलनामा सजायको माग गर्दै सोमबार उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गरेको छ ।  कोरोना बिमा बापतको रकम भुक्तानी गर्न उच्च अदालत विराटनगरले अजोड इन्स्युरेन्स बीमा कम्पनीका नाममा २०७९ जेठ १६ मा परमादेश जारी गरेपनि अदालतको आदेशको अवज्ञा गरेपछि पत्रकार महासंघ मोरङले उच्च अदालतको अवहेलनामा सजायको माग गर्दै मुद्दा दर्ता गरेको हो ।  न्याय प्रशासन ऐन २०७३ को दफा १७ (२) ले उच्च अदालतले आफ्नो र मातहतको अदालत वा न्यायिक निकायको न्याय सम्पादनको कार्यमा कसैले अवरोध गरेमा वा आदेश वा फैसलाको अवज्ञा गर...

शिक्षा
राहत शिक्षकले फेरि आन्दोलन गर्ने
उद्घोष सम्वाददाता ९ असार २०८१, आइतवार

बेलबारी । राहत शिक्षकहरूले आन्दोलन गर्ने घोषणा गरेका छन । मोरङको बेलबारीमा भएको नेपाल राहत शिक्षक कोशी प्रदेश समिति र नेपाल राहत शिक्षक जिल्ला कार्यसमिति मोरङको संयुक्त बैठकले राहत शिक्षकका मागबारे सरकारले वेवास्ता गरेको भन्दै आन्दोलनको विकल्प नभएको निष्कर्ष निकालेको हो । पटक–पटक आन्दोलन र सहमति भए पनि ४० हजार राहत शिक्षकका माग पूरा गर्न  फेरि दबाबमूलक आन्दोलन गर्नुपर्ने निष्कर्ष  बैठकले निकालेको केन्द्रीय सचिव डीपी ढुंगेलले जानकारी दिए । संघीय शिक्षा ऐन २०८० छिटोभन्दा छिटो संघीय संसदबाट पारित गरेर ४० हजार राहत शिक्षकको व्यवस्थापन गर्न नेपाल सरकारसँग उनीहरूले आग्रह गरेका...

स्वास्थ्य
कोशी प्रदेशमा २ महिनामा २ सय ८५ डेंगुबाट संक्रमित
जुनु भट्टराई १० असार २०८१, सोमवार

विराटनगर । बर्षा यामको सुरुवातसँगै यसबर्ष पनि डेंगुको संक्रमण देखिन थालिसकेको छ । देशका बिभिन्न भागमा तीब्र गतिमा बढ्दै गएको डेंगु कोशी प्रदेशमा पनि संक्रमण बढ्दै गएको छ ।  हाल देशभर फैलिदै गएको डेंगुबाट संक्रमित हुनेको संख्या कोशी प्रदेशमा दुई महिनाको अवधिमा माक्रै दुई सय ८५ नयाँ संत्रमित फेला परेका छन् । गत बैशाख र जेठ महिनामा मात्र ऊक्त संख्यामा डेगु संत्रमित फेला परेका हुन् ।  कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार प्रदेशका १४ मध्ये झापा, मोरङ र सुनसरीमा डेंगु संक्रमण बढी देखिएको छ ।  निर्देशनालयका अनुसार यस वर्षको सुरुवात अर्थात बैशाख महिनामा मात्रै झापा,...

खेलकुद
प्याब्सन विराट कपको उपाधि मोडर्न एरालाई
उद्घोष सम्वाददाता ७ असार २०८१, शुक्रवार

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टको उपाधि विराटनगरको मोडर्न एरा स्कुलले जितेको छ । विराटनगरको सहिद मैदानमा बिहीबार सम्पन्न फाइनल खेलमा दिल्ली पब्लिक स्कुल (डीपीएस) लाई १–० गोलले हराउँदै मोर्डन एराले उपाधि जितेको हो । जितका लागि  मोडर्न एराका अमन माझीले खेलको ५५ औं मिनेटमा  निर्णायक गोल गरेका थिए । जितसँगै मोडर्न एराले नगद २५ हजार रुपैयाँ पाएको छ ।  उपबिजेता  डीपीएसले  नगद ११ हजार रुपैयाँ पायो । विराटनगर–१३ स्थित गोदावरी स्कुल  सो खेलमा तेस्रो  भयो ।  बिजेता खेलाडीलाई प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेशक...

साहित्य
गण्डकी र कोशीका स्रष्टा एकै ठाउँमा
उद्घोष सम्वाददाता २७ जेठ २०८१, आइतवार

विराटनगर । एउटा प्रदेशको भाषा, साहित्य, कला र संस्कृति अर्को प्रदेशसँग अन्तरघुलन गराउने उद्देश्यले नेपाली लेखक संघले ‘प्रदेशसँग प्रदेश’ कार्यक्रम सुरु गरेको छ ।  नेपाली लेखक संघ कोशी प्रदेशको शृंखलाबद्ध अभियानअन्तर्गत प्रदेश परिक्रमाको पहिलो शृंखलामा गण्डकी प्रदेशका स्रष्टासँग कोशी प्रदेशका स्रष्टा कार्यक्रम शनिबार सम्पन्न भएको छ । विराटनगरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका स्रष्टा र कोशी प्रदेशका स्रष्टाहरूले सिर्जनामार्फत भावना आदानप्रदान गरेका छन् । नेपाली लेखक संघका केन्द्रीय अध्यक्षसमेत रहेका वरिष्ठ कवि तीर्थ श्रेष्ठको नेतृत्वमा गण्डकीका स्रष्टाहरू विराटनगर...

वातावरण
पाँचवटा प्रदेशमा मनसुनको प्रभाव
रासस ८ असार २०८१, शनिवार

काठमाडौँ, ८ असार । देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी प्रदेशबाट भित्रिएको मनसुन मधेस, बागमती र गण्डकी प्रदेशको अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको छ ।  जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य प्रदेशमा भने अझै पश्चिमी वायु र स्थानीय वायुको प्रभाव न्यून छ ।  मनसुन र पश्चिमी वायुको प्रभावले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आज बिहान पूर्णतया बदली छ भने बाँकी भूभागमा आंशिक बदली छ ।  अहिले गण्डकी प्रदेशका केही भूभाग तथा बागमती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि...

मनोरञ्जन
चलचित्र महोत्सवमा दुई दर्जन बढी कलाकार सम्मानित
उद्घोष सम्वाददाता १३ जेठ २०८१, आइतवार

विराटनगर । कोशी प्रदेशमा आयोजित ६ दिने चलचित्र महोत्सव सम्पन्न भएको छ । ‘विभिन्न जातजातीको कथाहरूको उत्सव, कोशी चलचित्र महोत्सव’ भन्ने मुल नारामा आयोजना गरिएको ६ दिने चलचित्र महोत्सव विराटनगरको सिटी प्यालेसमा एक भव्य समारोह गरी सम्पन्न भएको हो । समापन कार्यक्रममा लामो समयदेखि सिने क्षेत्रमा योगदान पुर्याउने २ दर्जन बढी कलाकार, निर्माता, निर्देशक सिने पत्रकारलाई  सम्मान र अवार्ड प्रदान गरिएको छ । दीर्घ साधना सम्मानबाट लक्ष्मीनाथ शर्मा, कोशी प्रदेशलाई फिल्म क्षेत्रमा विशेष योगदान पुर्याउने  शिव श्रेष्ठ, मोहन निरौला, रविन्द्र खड्का, नवीन सुब्बा, छविराज ओझा, रमेश बुढाथो...

अन्तर्राष्ट्रिय
भाजपा गठबन्धनलाई झिनो बहुमत, सरकार बनाउन भने दुबै गठबन्धनको कसरत
उद्घोष सम्वाददाता २३ जेठ २०८१, बुधवार

विराटनगर । सात चरणमा भएको भारतीय लोकसभाको निर्वाचनको सबै परिणाम सार्वजनिक भएको छ । मंगलबार राति अबेर लोकसभाका ५४३ स्थानको परिणाम सार्वजनिक भएको हो ।  घोषित परिणामले भने भारतीय जनता पार्टीको ‘यस बार ः चार सय पार’को महत्वाकांक्षी नारालाई फेल खुवाएको छ । भाजपाले यो निर्वाचनमा सन् २०१९ मा आफैले पाएको एकल बहुमत पनि गुमाएको छ । यद्यपि भाजपाबाट नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने सम्भावना भने कायमै छ । भाजपासहितको ‘एनडीए’ गठबन्धनले बहुमत ल्याएको छ ।  प्रधानमन्त्री नरेन्द्र मोदीको भाजपासहितको ‘एनडीए’ गठबन्धन कुल ५४३ सिटमध्ये...

प्रविधि
विराटनगर विमानस्थलमा आपतकालीन उद्धार अभ्यास
उद्घोष सम्वाददाता २७ जेठ २०८१, आइतवार

विराटनगर । विमान उडान र अवतरणका क्रममा हुन सक्ने दुर्घटनाजन्य आगालागीका घटनालाई समयमै नियन्त्रण गर्ने उद्देश्यले विराटनगर विमानस्थलमा प्रयोगात्मक अभ्यास गरिएको छ । शनिबार विहान विमान दुर्घटनाको अवस्था श्रृजना गरेर उद्धार र आगो नियन्त्रणको अभ्यास गरिएको हो । आपत्कालीन अवस्थामा आइपर्न सक्ने जोखिमलाई न्यूनीकरण गर्न विराटनगर विमानस्थलमा पूर्ण क्षमताको आपतकालीन उद्धार अभ्यास गरिएको छ । दुर्घटनापछि आगलागीको अवस्था श्रृजना गर्दै आगो निभाउने र घाइतेहरुको उद्धारको अभ्यास गरिएको छ । अभ्यासमा विमानस्थलमा कार्यरत सुरक्षा निकाय, नागरिक उड्डयन कार्यालयका कर्मचारी, विभिन्न एयरलाइन्सका कर्मचारी, रेडक्रस सह...

विचार
अराजक विद्यार्थी नेतृत्व
८ असार २०८१, शनिवार

हामी  किन जान्छौं विश्वविद्यालय ? राजनीति मात्र गर्न वा आफ्नो समग्र विकासका निम्ति जान्छौं ? नेपालका  विश्वविद्यालयहरू राजनीतिको अखडा हो, यसमा कुनै दुई मत छैन । विश्वका ठुल्ठुला क्रान्तिहरू विश्वविद्यालयबाट सुरू भएका छन् र यस क्रान्तिहरूले विश्वमा ठुल्ठुला परिवर्तनहरू पनि गर्न सफल भएको छ । विश्वविद्यालयको विशेषता नै यही हो । एक समय थियो जब विद्यार्थीले हतियार बोकेर सडकमा निस्कनु परेको थियो, परिवर्तनको लागि । नेपालमा जति पनि परिवर्तन भएका छन्, ती सबै परिवर्तनमा विद्यार्थीहरुले अहम् भूमिका निर्वाह गरेका छन् ।  इतिहासले यसको मूल्याङ्कन पनि त्यसै अनुरूप गरेको छ । तर यो भनिरहँदा,...

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved