Biratnagar, Morang, Nepal
१५ असार २०८१, शनिवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

चलचित्र कार्यशाला सम्पन्न

उद्घोष सम्वाददाता
११ जेठ २०८१, शुक्रवार

विराटनगर । कोशी प्रदेशमा जारी चलचित्र महोत्सव अन्तरगत अभिनयमा रुचि राख्ने व्यक्तिहरुका लागि लक्षित गर्दै बिहीबार चलचित्र कार्यशाला आयोजना गरिएको छ ।

‘विभिन्न जातजातिहरुको कथाहरुको उत्सव, कोशी चलचित्र महोत्सव’ भन्ने नाराका साथ सुरु भएको ६ दिने महोत्सव अन्तरगत बिहीबार पाँचौं दिन अभिनय कार्यशाला सुरु भएको हो ।

विराटनगरको इष्टर्न स्टार होटलमा आयोजित कार्यशालाका सहभागीहरुलाई चलचित्र निर्देशक तथा रङ्गकर्मी भोलाराज सापकोटाले प्रक्षिक्षण दिएका हुन् ।

कोशी प्रदेशको कला, संस्कृति तथा मनमोहक स्थलहरुको जानकारी गराउने उद्देश्यले जेठ ६ बाट कोशी प्रदेशस्तरीय चलचित्र महोत्सव आयोजना गरिएको हो । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग र चलचित्रकर्मी महासंघ कोशी प्रदेशको व्यवस्थापनमा महोत्सव आयोजना गरिएको जनाइएको छ । महोत्सवका अवसरमा चार दर्जन बढी लघु तथा बृत्तचित्र, फिचर फिल्महरु विभिन्न हलहरुमा निशुल्क प्रदर्शन गरिएका छन् । 

महोत्सवमा चलचित्र प्रदर्शनीसँगै सिने फर्यटन क्षेक्र सम्बन्धी अन्तत्रिया कार्यक्रम समेत गरिएको जनाइएको छ । शुक्रबार पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ र संगिता श्रेष्ठले ‘नेपाली चलचिक्रमा महिला’ विषयक अन्तत्रियामा धारणा राख्ने कार्यक्रम रहेको चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुणकुमार प्रधानले जानकारी दिए ।

महोत्सवको समापन शुक्रबार नै विराटनगरको सिटी प्यालेसमा भव्य समारोहका बीच सम्पन्न गर्ने कार्यक्रम रहेको उनले बताए ।

View : 138

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved