Biratnagar, Morang, Nepal
१३ असोज २०८१, आइतवार
+977 21 450305, 515728, 578305
खेलकुद

इटहरीमा पौडी प्रतियोगिता हुने

उद्घोष सम्वाददाता
३० जेठ २०८१, बुधवार

Advertisement

सुनसरी । इटहरीमा कोशी प्रदेशस्तरीय खुल्ला महिला तथा पुरुष पौडी प्रतियोगिता हुने भएको छ । कोशी प्रदेश खेलकुद बिकास बोर्डको आयोजना र कोशी प्रदेश पौडी संघको संयोजनमा असार १७ र १८ गते प्रतियोगिता हुने मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । 

कोशी प्रदेशमै पहिलो पटक हुन लागेको प्रतियोगितामा १४ वटै जिल्लाका पौडी खेलाडीको सहभागिता रहने कार्यक्रम संयोजक तथा कोशी पौडी संघका अध्यक्ष डम्बरबहादुर तामाङले जानकारी दिए ।

इटहरीस्थित ओशियन पार्कको पौडीपोखरीमा हुने प्रतियोगिताको बिभिन्न बिधामा बिजेता हुने खेलाडीहरुलाई नगद पुरस्कारसमेत प्रदान गरिने आयोजकले जनाएको छ । 

प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी उचित तालिम तथा अन्य प्राविधिक कार्यको व्यवस्थापन पनि गरिने कोशी प्रदेश खेलकुद बिकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले बताए ।

View : 171

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved