विराटनगर । एउटा प्रदेशको भाषा, साहित्य, कला र संस्कृति अर्को प्रदेशसँग अन्तरघुलन गराउने उद्देश्यले नेपाली लेखक संघले ‘प्रदेशसँग प्रदेश’ कार्यक्रम सुरु गरेको छ ।
नेपाली लेखक संघ कोशी प्रदेशको शृंखलाबद्ध अभियानअन्तर्गत प्रदेश परिक्रमाको पहिलो शृंखलामा गण्डकी प्रदेशका स्रष्टासँग कोशी प्रदेशका स्रष्टा कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
विराटनगरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका स्रष्टा र कोशी प्रदेशका स्रष्टाहरूले सिर्जनामार्फत भावना आदानप्रदान गरेका छन् । नेपाली लेखक संघका केन्द्रीय अध्यक्षसमेत रहेका वरिष्ठ कवि तीर्थ श्रेष्ठको नेतृत्वमा गण्डकीका स्रष्टाहरू विराटनगर आएका थिए ।
कार्यक्रममा नेपाली लेखक संघ गण्डकीका अध्यक्ष डा. ईश्वरमणि अधिकारीले गण्डकी प्रदेशको साहित्यिक इतिहाससहित कार्यक्रममा सहभागी गण्डकी प्रदेशका स्रष्टाहरूको परिचय प्रस्तुत गरेका थिए । त्यस्तै प्राज्ञ विवश पोखरेलले कोशी प्रदेशको साहित्यिक इतिहासका बारेमा कार्यपत्र प्रस्तुत गरे ।
सो अवसरमा गण्डकी प्रदेशबाट आएका स्रष्टाहरूलाई संघका तर्फबाट सम्मानसमेत गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ कवि तीर्थ श्रेष्ठ, संघका गण्डकी प्रदेश अध्यक्ष डा. ईश्वरमणि अधिकारी, डा. गणेश शर्मा, सञ्जीव पौडेल, अमृत क्षेत्री, प्राञ्जल, तारानाथ पराजुली, रोशन तिम्सिना, रीता अधिकारी ऋतु, ईशा शाहलाई कोशी प्रदेशसभा सदस्य भीम पराजुली, आयोजक संस्थाका अध्यक्ष गोकुल अधिकारी, प्राध्यापक कविराज न्यौपाने, साहित्यकार गंगा सुवेदीलगायतले सम्मानपत्र प्रदान गरेका थिए ।
लेखक संघ कोशी प्रदेशले ७ वटै फ्रदेशका स्रष्टाहरूलाई बोलाएर यसरी नै क्रमैसँग कार्यत्रम आयोजना गर्ने महासचिव मीनकुमार नवोदितले जानकारी दिए ।
कार्यक्रममा गण्डकी प्रदेशबाट आएका सबै स्रष्टासहित कोशी प्रदेशका केशव आचार्य, केजी सुब्बा, मनु विश्वकर्मा, दीपा दाहाल, प्रेम ओझा, उमेश लुईंटेल, माधव पोखरेल गोज्याङ्ग्रे, धीरज राई, शकुन्तला मञ्जरी, शारदा भट्टराई, पुष्पा बोगटी, राजेन्द्र गुरागाईं, मनोज न्यौपाने, राधिका गुरागाईं, लक्ष्मी रायमाझी, लक्ष्मी पोखरेल, निर्मला कोइराला, गीता भण्डारी निरौला, हरि कट्टेल, प्रिन्स प्रमोदकुमार ढकाल, रोहिणी रसिक, प्रयाग न्यौपाने, चटंक राजवंशी, लक्ष्मी स्मृतिलगायत चार दर्जनभन्दा बढी स्रष्टाहरूले आ–आˆना सिर्जना प्रस्तुत गरेका थिए ।
View : 514
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved