Biratnagar, Morang, Nepal
१५ असार २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

कोशी प्रदेशमा २ महिनामा २ सय ८५ डेंगुबाट संक्रमित

जुनु भट्टराई
१० असार २०८१, सोमवार

विराटनगर । बर्षा यामको सुरुवातसँगै यसबर्ष पनि डेंगुको संक्रमण देखिन थालिसकेको छ । देशका बिभिन्न भागमा तीब्र गतिमा बढ्दै गएको डेंगु कोशी प्रदेशमा पनि संक्रमण बढ्दै गएको छ ।  हाल देशभर फैलिदै गएको डेंगुबाट संक्रमित हुनेको संख्या कोशी प्रदेशमा दुई महिनाको अवधिमा माक्रै दुई सय ८५ नयाँ संत्रमित फेला परेका छन् । गत बैशाख र जेठ महिनामा मात्र ऊक्त संख्यामा डेगु संत्रमित फेला परेका हुन् । 

कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार प्रदेशका १४ मध्ये झापा, मोरङ र सुनसरीमा डेंगु संक्रमण बढी देखिएको छ ।  निर्देशनालयका अनुसार यस वर्षको सुरुवात अर्थात बैशाख महिनामा मात्रै झापा, मोरड सुनसरी लगायतका जिल्लामा १ सय ४३ जना डेंगुका संक्रमित देखिएका थिए भने गत जेठ महिनामा १ सय ४५ नयाँ संक्रमित थपिएका छन् । 

त्यसमध्ये बैशाख महिनामा सबैभन्दा बढी झापा जिल्लामा ७४ जना नयाँ संक्रमित भेटिएका थिए । मोरडमा ४५ जना नयाँ भेटिएका थिए । जेठ महिनामा भने झापा जिल्लामा ७३ जना र मोरडमा ५३ जना नयाँ संक्रमित भेटिएका छन् ।

गत वर्ष कोशी प्रदेशमा ३८ हजार ३ सय ८४ मानिसहरु डेंगुबाट संक्रमित भएका थिए । सुनसरी जिल्लामा मात्रै २० हजार भन्दा बढी संक्रमित भएका थिए भने गत वर्ष डेंगु संक्रमणका कारण कोशी प्रदेशमा १८ जनाले ज्यान गुमाएका थिए । 

स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले देशभरमा फैलिदै गएको डेंगु संक्रमणलाई नियन्त्रण गर्न प्रदेश सरकारले तीब्र रुपमा काम गरिसकेको  बताए । उनले डेंगु नियन्त्रणका लागि हरेक जिल्लाका स्वास्थ्य प्रमुखहरुसँग त्यहाँको बस्तुस्थिति बुझेर जाँच गर्ने र संक्रमणका बिषयमा स्थानीयस्तरमा वकालत गर्ने कार्यर् गरिरहेको बताउँदै हरेक पालिका र स्थानीय तहसँगं समन्वय गरेर लामखुट्टे  ‘खोज र नष्ट गर’ भन्ने अभियान चलाउन स्थानीय तहबाटै स्वास्थ्य .संयोजकहरुलाई ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान चलाउन परिपत्र पठाइसकेको बताउँछन् । 

यसवर्ष हामीले सुरुवाती अवस्थामै बढी संक्रमितहरु देखिएका र देखिने सम्भावना भएका ठाउँमा अवस्था हेरेर ‘सर्च एण्ड डिस्ट्रोयका अभियान चलाउन परिपत्र गरिसकेका छौं, निर्देशक बस्नेतले भने, ‘गत बर्ष डेंगु नियन्त्रणका लागि बनेका पालिकास्तरका समितिहरुलाई यसबर्ष पनि पुनः सक्रिय बनाउन भनेका छौं, उहाहरु संक्रमणका बारेमा पूर्ण जानकार भएकाले  छिट्टै अभियान प्रभावकारी बन्नेमा विश्वस्त छौं ।’ 

त्यसबाहेक प्रदेश आपूर्ति ब्यवस्थापन केन्द्रले कोशी प्रदेशमा केही डेंगु परीक्षण गर्ने ‘किट’ भण्डारमा भएको बताउँदै थप किटको आवश्यक परिहालेमा आपत्तकालिन बजेटको पनि ब्यवस्था गरेकाले आत्तिनुपर्ने अवस्था भने नरहेको जानकरी दिएको छ । 

डेंगु रोग लाग्न नदिन सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो ।  मुख्यगरी दिउँसोको समयमा विषेशगरी विहान र बेलुकाको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने भएकाले उक्त समयमा बढी सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । 

नेपालले आधिकारिक रूपमा २०६३ मंसिरमा डेंगु देखिएको जनाएको थियो । डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस् नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो । यो भाइरस डेन–१, डेन–२, डेन–३ र डेन–४ गरी चार प्रकारका हुन्छन् ।

एडिज लामखट्टे कालो रङको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । डेंगु संक्रमणले गर्दा शरीरको रगत जम्ने प्रक्रिया अव्यवस्थित हुन्छ । यो अवस्था रगतमा धेरैजसो प्लेटेलेटस् नष्ट हुनाले हुन्छ । यसको घातक रूप हुँदा सम्पूर्ण शरीरमा रक्तश्राव हुन थाल्छ । भाइरस शरीरमा प्रवेश गरेर प्लेटेलेटस्मा आक्रमण गर्छ । प्लेटेलेटस्ले शरीरमा रक्तश्राव रोक्नमा महत्वपूर्ण भूमिका खेल्छ । 

डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ । यसको संक्रमणबाट बच्न घरवरीपरि सफा राख्न, पानी जम्न नदिन चिकित्सकले सुझाएका छन् ।

View : 88

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved