Biratnagar, Morang, Nepal
१३ असोज २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

सडक सौन्दर्यीकरणका लागि कृषि विकास बैंकको सहयोग

उद्घोष सम्वाददाता
२९ जेठ २०८१, मङ्गलवार

Advertisement

विराटनगर । विराटनगरको बरगाछी–रानी सडक सौन्दर्यीकरण परियोजनाका लागि बैंक तथा विक्तीय संस्थाहरुबाट सहयोग जुट्ने त्रम जारी रहेको छ । सो परियोजनाका लागि कृषि विकास बैंकले पनि सहयोग रकम प्रदान गरेको छ ।

बैंकले सोमबार महानगरका मेयर नागेश कोइरालालाई २ लाख रुपैयाा बराबरको चेक हस्तान्तरण गरेको छ । महानगरमा आयोजित कार्यक्रममा बैंकका प्रदेश निर्देशक रञ्जन खनाल, विराटनगर शाखाका प्रबन्धक टंकप्रसाद पोखरेल, प्रदेश कार्यालयका वरिष्ठ शाखा प्रमुख केदार अधिकारी, सुरेन्द्र अधिकारी र वरिष्ठ शाखा अधिकृत पंकजमणि पौड्यालले मेयर कोइरालालाई चेक हस्तान्तरण गरेका हुन् ।

यसअघि ७ वटा विभिन्न बैंकहरुबाट १२ लाख रुपैयाा जम्मा भइसकेको छ । हालसम्म १४ लाख रुपैयाा परियोजनाको खातामा जम्मा भइसकेको छ । सो सडकको सौन्दर्यीकरणका लागि ५५ लाख रुपैयााको लागत अनुमान गरिएको छ । 

एनआईसी, एनआईएमवी, नेपाल बैंक, ग्लोबल आईएमई, कुमारी बैंक, सानिमा बैंक र जीवन विकास लघुवित्त वित्तीय संस्थाले रकम जम्मा गरिसकेका छन् । महानगरले बैंकर्स एसोसिएसनका प्रदेश अध्यक्ष सन्तोष बुढाथोकीको संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरेको थियो । 

प्राविधिकसहितको सो समितिले लामो अध्ययन गरी फूल र विरुवाको जात, लागत अनुमानलगायत समेटेर महानगरलाई प्रतिवेदन बुझाएको थियो । असार १ गते सौन्दर्यकरणको औपचारिक शुभारम्भ गर्ने तयारी  भइरहेको बताइएको छ ।

विराटनगर महानगरपालिकाले बरगाछी–रानी सडक सौन्दर्यीकरणको लागि बेनीगोपाल मुन्दडा अध्यक्ष रहेको नौ सदस्यीय समिति गठन गरिसकेको छ । समितिको उपाध्यक्षमा भीमप्रसाद घिमिरे, सचिव श्यामप्रसाद घिमिरे, कोषाध्यक्ष विष्णु पन्त शर्मा छन् ।

सदस्यहरुमा महेन्द्रप्रसाद साह, श्रवणकुमार अग्रवाल, जिनेन्द्र नौलखा, कृति श्रेष्ठ र प्रिती झा र अनुगमन समितिमा सुरेशकुमार शर्मा, ई कृष्णहरि पोख्रेल र सुनिता अग्रवाल छन् ।

View : 181

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved