Biratnagar, Morang, Nepal
१३ असोज २०८१, आइतवार
+977 21 450305, 515728, 578305
शिक्षा

राहत शिक्षकले फेरि आन्दोलन गर्ने

उद्घोष सम्वाददाता
९ असार २०८१, आइतवार

Advertisement

बेलबारी । राहत शिक्षकहरूले आन्दोलन गर्ने घोषणा गरेका छन । मोरङको बेलबारीमा भएको नेपाल राहत शिक्षक कोशी प्रदेश समिति र नेपाल राहत शिक्षक जिल्ला कार्यसमिति मोरङको संयुक्त बैठकले राहत शिक्षकका मागबारे सरकारले वेवास्ता गरेको भन्दै आन्दोलनको विकल्प नभएको निष्कर्ष निकालेको हो ।

पटक–पटक आन्दोलन र सहमति भए पनि ४० हजार राहत शिक्षकका माग पूरा गर्न  फेरि दबाबमूलक आन्दोलन गर्नुपर्ने निष्कर्ष  बैठकले निकालेको केन्द्रीय सचिव डीपी ढुंगेलले जानकारी दिए ।

संघीय शिक्षा ऐन २०८० छिटोभन्दा छिटो संघीय संसदबाट पारित गरेर ४० हजार राहत शिक्षकको व्यवस्थापन गर्न नेपाल सरकारसँग उनीहरूले आग्रह गरेका छन् । कोशी प्रदेश अध्यक्ष गुरुप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकमा प्रदेशका १४ वटै जिल्लाका जिल्ला अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

आउँदो असार २८ र २९ गते काठमाडौंमा हुने छैठौ महाधिवेशनबाट राहत शिक्षकले निर्णायक आन्दोलन घोषणा गर्ने तयारी गरेको छ । पेशागत स्थायित्वको लागि राहत शिक्षकहरू दुई दशकदेखि आन्दोलन गर्दै आएका छन् ।  कोशी प्रदेश अन्तर्गतका १४ वटा जिल्लाहरूमा करिब ६ हजार ५ सय राहत शिक्षक कार्यरत छन् ।

View : 131

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved