Biratnagar, Morang, Nepal
१३ असोज २०८१, आइतवार
+977 21 450305, 515728, 578305
साहित्य

‘विराट वाङ्मय उत्सव’ सम्पन्न

उद्घोष सम्वाददाता
२९ वैशाख २०८१, शनिवार

Advertisement

विराटनगर । विराटनगर महानगरपालिकाको प्रवर्द्धन तथा आरोहण गुरुकुलको आयोजनामा दुईदिने विराट वाङ्मय उत्सव सम्पन्न भएको छ । 

उत्सवको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शुक्रबार उद्घाटन गरे । विराटनगरसहित कोशी प्रदेशको भाषा, साहित्य, संस्कृति र कलालाई जोड्ने उद्देश्यका साथ उत्सव सुरु भएको आयोजक संस्थाका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले भौतिक विकाससागै भाषा, साहित्य, संस्कृति र कलाको विकासमा महानगरपालिकाले काम गरिरहेको सुनाए । ‘विराटनगर महानगरपालिकाले भौतिक विकाससागै भाषा, साहित्य, कला र संस्कृतिको विकासलाई पनि ध्यान दिएको छ,’ मेयर कोइरालाले भने, ‘भाषा, साहित्य, कला, संस्कृति सबै हेर्ने गरी प्रज्ञा प्रतिष्ठान गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

प्रतिष्ठान गठन भइसकेपछि महानगर क्षेत्रभित्रका सबै भाषा, साहित्य, कला र संस्कृतिको विकासमा सहयोग पुग्ने मैले विश्वास लिएको छु ।’ महानगरले सांस्कृतिक संग्रहालय स्थापनाको योजनासमेत अघि सारेको उनले बताए । 

कोइरालाले विराटनगरका नयाा पहिचान खोज्नुपर्नेमा जोड दिए । उनले विगतमा विराटनगरलाई आर्थिक र राजनीतिको राजधानी भन्ने गरिए पनि अहिले त्यो अवस्था नरहेको उल्लेख गरे ।

‘अब विराटनगरलाई कला र साहित्यिक राजधानी बनाउने हो कि ? शिक्षा र स्वास्थ्यको राजधानी बनाउने हो कि ? के बनाउने हो ?’ उनले प्रश्न गर्दै भने, ‘आखिर विराटनगरको अबको पहिचान के हो ? सबै मिलेर विराटनगरको छुट्टै पहिचान स्थापित गरौं भन्ने आग्रह गर्दछु ।’

भौतिक विकाससागै शिक्षा, स्वास्थ्य, भाषा, साहित्य, संस्कृति, कलाको पनि सागसागै विकास गरियो भने मात्रै विराटनगरको समग्र विकास हुने उनको भनाइ थियो । उनले विराटनगरका विषयमा साहित्य सिर्जना गर्नसमेत साहित्यकारहरूलाई  आग्रह गरे ।

उद्घाटन सत्रमा वरिष्ठ कवि कुन्ता शर्माले समाज रुपान्तरणमा साहित्यको अहम् भूमिका हुने बताइन् । सम्भाषण प्रस्तुत गर्दै शर्माले साहित्य लेखनको विषयवस्तु फराकिलो हुादै गएको चर्चा गरिन् । उनले आˆनो पालामा महिला कवि साहित्यकार न्यून भए पनि पछिल्लो समय केही मात्रामा बढेको भन्दै खुसी व्यक्त गरिन् । 

उत्सवको पहिलो दिन दिवंगत कविहरूका कवितासमेत वाचन गरिएको थियो । सो क्यानभासमा कविता कवि हरिभक्त कटवालको रहर मुकुन्द प्रयास, हिरा आकाशको ‘अक्षरहरू’ मीनकुमार नवोदित, विमल गुरुङको ‘आगो बल्दैछ’ उमेश लुइाटेल, माधवप्रसाद घिमिरेको ‘वैशाख’ मञ्जुश्री गिरी, कृष्ण पाख्रिनको ‘जैनी सुतेकी छे Û नानी सुतेकी छे’ प्रयाग न्यौपाने, ईश्वरवल्लभको ‘मेरो सपना छन्’ विवेक विवश रेग्मी, लक्ष्मीप्रसाद देवकोटाको ‘हुरीको गीत’ भरत गुरागाईं बर्बरिक, वानिरा गिरीको ‘म च्याचिएको पोष्टर’ विवश पोखरेल, सानुमती राईको ‘जल्न देऊ बल्न देऊ’ रोमा निरौला र भूपि शेरचनको ‘पहिरो जाने पहाडमुन्तिर’ शीर्षकको कविता खेम नेपालीले वाचन गरेका थिए ।

उक्त कविताहरू मुकुन्द प्रयास, विनोदकुमार चौधरी, अभिषा घिमिरे, युवराज रिजाल, एलन शाक्य, महेन्द्र राई, संजय धिताल (सयल), गणेश लामा, यशोदाकुमारी सिंह र रवि बस्नेतले क्यानभासमा उतारेका थिए । त्यसैगरी ‘कता रुमलियो विराट विरासत ?’ शीर्षकमा बहससमेत भएको थियो । सो बहसमा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की, उद्योगी ताराचन्द खेतान र लेखक तथा विश्लेषक दिनेश श्रेष्ठ सहभागी थिए । पत्रकार महाप्रसाद खतिवडाले सहजीकरण गरेको बहसमा विराटनगरको शाख फर्काउनुपर्नेमा जोड दिए ।

त्यस्तै पत्रकार टेकेन्द्र अधिकारीले सहजीकरण गरेको ‘नेपाली भाषा बहाव’ शीर्षकको बहसमा केदार शर्मा, लता पौड्याल निरौला र विष्णु एस राईले आ–आˆना विचार राखे । हेमन्त बुढाथोकी, सोनु जयन्ती र दीपा पोखरेल ‘मञ्चमा म’ शीर्षकको बहसमा सहभागी भए । सो बहसमा सुमन लिङ्देनले सहजीकरणको भूमिका निर्वाह गरेका थिए । 

पहिलो दिनको अर्को कार्यक्रमअन्तर्गत ‘भोलि बास्ने कवि’: सम्झनामा कृष्णभूषण बल प्रस्तुत गरिएको थियो । कवि मनु मञ्जिलले सहजीकरण गरेको सो कार्यक्रममा वरिष्ठ कवि जसराज किरातीले कृष्णभूषण बललाई स्मरण गरे ।

‘नेपाली साहित्य सिर्जनाका नवीनतम् आयामहरू’ शीर्षकको बहसमा हाङ्युग अज्ञात, देवान किराती र शुभलक्ष्मी लम्साल आमुन्नेसामुन्ने थिए । 

सो कार्यक्रमको सहजकर्ता कवि केजी सुब्बा थिए । पहिलो दिनको अन्तिम सेसनमा सुदीप पाख्रिन, हेमन यात्री, विमल वैद्य, रोशन परियार, मनु विश्वकर्मा, सुष्मा दाहाल, सगुन सुसारा, अनिशा रम्तेल, टीका आत्रेय, सविता गौतम दाहाल, जीवन आरोही, विनिता बोगटी र पराजित पोमुले प्रतिनिधि कविता वाचन गरे । 

दोस्रो दिन शनिबार मातृभाषी कविता वाचन, राजनीति र साहित्यः साहित्यमा राजनीति, योगवाणी र योगमाया, आख्यानमा चरित्र निर्माण: परिकल्पना र प्रस्तुति, पात्र र लैंगिकता, समकालीन रचना वाचन, गजल गुञ्जनलगायतका कार्यत्रम भएको अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए ।

View : 520

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved