विराटनगर । बरगाछी–रानी सडकको सौन्दर्यीकरण शुभारम्भ गरिएको छ । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यीकरण परियोजना शनिबारबाट औपचारिक रुपमा सुरु गरिएको हो ।
कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, सौन्दर्यीकरण उपभोक्ता समितिका अध्यक्ष समाजसेवी वेनिगोपाल मुन्दडा, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, कोशी प्रदेश अध्यक्ष पवनकुमार सारडा, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानालगायत विभिन्न क्षेक्रका व्यत्तिहरुले एकैसाथ फूलको विरुवा रोपेका थिए ।
शनिबार शुभारम्भका क्रममा घाँसचोकको डिभाइडरमा फूलको विरुवा रोपिएको थियो । अन्य डिभाइडरमा पनि क्रमैसँग रोप्दै जाने मेयर कोइरालाले जानकारी दिए ।
बरगाछी–रानी सडक सौन्दर्यीकरणका लागि विराटनगरमा सञ्चालित बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरेका छन् । परियोजना सम्पन्न गर्न ५५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।
हालसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाले १४ लाख ५० हजार रुपैयाँ जम्मा गरिसकेका छन् । महानगरले सो परियोजनाका लागि छुट्टै बैंक खाता सञ्चालन गरेको छ ।
५ किलोमिटर लम्बाई रहेको विराटनगर बरगाछी–रानी सडकमा ४६ वटा मेडिएम (डिभाइडर) छन् ।
View : 435
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved