Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
खेलकुद

प्रदेशबाट ब्याडमिन्टनका खेलाडी छनौट

उद्‌घोष संवाददाता
२७ जेठ २०८१, आइतवार

Advertisement

विराटनगर । पोखरामा हुने १५ वर्षमुनिको जुनियर ब्याडमिन्टन प्रतियोगिताका लागि कोशी प्रदेशबाट खेलाडी छनोट भएका छन् । 

नेपाल ब्याडमिन्टन संघले विराटनगरमा आयोजना गरेको छनोट प्रतियोगिताबाट ८ जना खेलाडी छानिएका हुन् । बिहीबार र शुक्रबार भएको छनोट प्रतियोगिताबाट ४ पुरुष र ४ महिला खेलाडी छानिएको संघका केन्द्रीय उपाध्यक्ष विनोद डागीले जानकारी दिए । 

पुरुषतर्फ मोरङका प्रतीक बिष्ट, भोजपुरका सन्दीप राई, उदयपुरका शोषण खत्री तथा महिलातर्फ सुनसरीकी निभा राई, उदयपुरकी निताशा राई मगर, भोजपुरकी नदिरा तामाङ र मिङमा तामाङ छनोट भएका छन् । 

नेपाल ब्याडमिन्टन संघ मोरङको व्यवस्थापकीय सहयोगमा भएको प्रतियोगिताबाट छनोट भएका खेलाडीले जेठ ३० र ३१ गते पोखरामा हुने यु १५ जुनियर ब्याडमिन्टन प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै खेल्ने छन् ।

छनौट भएका खेलाडीहरूलाई कोशी खेलकुद विकास बोर्डका सदस्य–सचिव कृष्ण बस्नेत, संघका केन्द्रीय उपाध्यक्ष लवभक्त श्रेष्ठ, पूर्वाञ्चल खेलकुद विकास समितिका प्रमुख शोभित प्रसाईं, ब्याडमिन्टन संघ मोरङका अध्यक्ष पुष्पधन शाक्य, उपाध्यक्ष सन्तोष बान्तवालगायतले बधाई तथा शुभकामना दिदै मेडल र प्रमाण प्रदान गरेका थिए ।

View : 558

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved