Biratnagar, Morang, Nepal
१५ असार २०८१, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

वक्तृत्वकलामा पोखरियाकी रागिनी प्रथम

उद्घोष सम्वाददाता
१ असार २०८१, शनिवार

विराटनगर । विराटनगर महानगरपालिका स्तरीय माध्यमिक तह कक्षा ९ देखि १० सम्मका विद्यार्थीहरूबीच भएको वक्तृत्वकला प्रतियोगितामा पोखरिया माध्यमिक विद्यालयकी रागिनी न्यौपाने प्रथम भएकी छन् ।

जनता नमुना माविकी कमला निरौला दोस्रो, आदर्श माविकी रचना कोइराला तेस्रो र गोग्राह माविका सन्तोष रायले सान्त्वना पुरस्कार प्राप्त गरका छन् । प्रथम हुनेले ८ हजार, दोस्रो हुनेले ६ हजार, तेस्रो हुनेले ४हजार र सान्त्वना हुनेले २ हजार नगद पुरस्कार पाएका छन् ।

पोखरिया माध्यमिक विद्यालयको आयोजनामा ‘नेपालमा पर्यटन विकासका सम्भावना र चुनौती’ विषयमा वक्तृत्वकला प्रतियोगिता गरिएको थियो ।

यसैगरी आधारभूत तह कक्षा १–५ सम्मका विद्यार्थीलाई लक्षित चित्रकला प्रतियोगितामा पोखरिया माध्यमिक विद्यालयका जय शाह प्रथम, आदर्श माध्यमिक विद्यालयकी दृष्टि राजवंशी दोस्रो, मिल्स माध्यमिक विद्यालयका रमित परियार तेस्रो र महामाया भगवती आवासीय विद्यालयकी रजनीकुमारी चौधरीले सान्त्वना पुरस्कार प्राप्त गरिन् ।

सो प्रतियोगितामा प्रथम हुनेले नगद ६ हजार, दोस्रो हुनेले ४ हजार, तेस्रो हुनेले ३ हजार र सान्त्वना हुनेले २ हजार पुरस्कार  प्राप्त गरे ।

प्रतियोगिताका विजयी विद्यार्थीहरुलाइ  विराटनगर महानगरपालिका शिक्षा महाशाखा प्रमुख कृष्ण भट्टराई, पोखरिया माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद गौतम, विद्यालयका प्राचार्य खेमराज भट्टराइले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

View : 57

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved