काठमाडौं । नेपालमा केही समयअघि प्रतिबन्धित गरिएको भनिएको टिकटकले आफ्नो ‘कम्युनिटी गाइडलाइन्स’ केही अद्यावधिक गरेको छ । प्रयोगकर्तालाई थप सुविधा दिनेगरी टिकटकले कम्युनिटी गाइडलाइन्स अद्यावधिक गरेको हो । टिकटकको आफ्नो नीतिमा गरिएको परिमार्जनलाई उसको नेपालमा स्थापित हुने प्रयासको रुपमा पनि बुझिएको छ ।
टिकटकले यही मे १७ देखि लागू गरेको नयाा अपडेटहरूमा स्पष्ट परिभाषाहरू, नीतिहरू बुझ्नका लागि नयाा सुविधाहरू र अकाउन्ट स्टेटस अनुगमनका लागि सुधारिएका टुलहरू समावेश छन् ।
टिकटकले हेट स्पीच, स्वास्थ्य सम्बन्धी गलत जानकारी र कन्टेन्ट मोडेरेसन सम्बन्धी नीतिहरूमा स्पष्ट परिभाषाहरू र थप विस्तृत जानकारी प्रदान गर्न आˆनो कम्युनिटी गाइडलाइन्स परिमार्जन गरेको जनाएको छ । यी परिवर्तनहरू टिकटकको नियम र प्रवर्तन प्रक्रियाहरूबारे प्रयोगकर्ताको बुझाइ र पारदर्शितामा सुधार गर्न डिजाइन गरिएको कम्पनीको भनाइ छ । फर यू फिडमा सुरक्षाको अनुभव सुनिश्चित गर्न टिकटकले नयाा इलिजिबिलिटी मापदण्ड लागू गर्दैछ ।
यी स्ट्याण्डर्डहरु उल्लङ्गन गर्ने खालका कन्टेन्ट बारम्बार पोस्ट गर्ने क्रियेटरका अकाउन्टहरू फर यू फिडमा सिफारिसको लागि अस्थायी रूपमा अयोग्य हुने छन् । यसका साथै तिनीहरूको कन्टेन्ट सर्च रिजल्टहरूमा कम देखिनेछ । प्रभावित क्रियेटरहरूले नोटिफिकेसन प्राप्त गर्नेछन् र यी निर्णयहरूमा अपिल गर्ने मौका पाउने छन् ।
टिकटकको नियमहरू बुझ्न क्रियेटरहरूलाई सहयोग गर्नका लागि प्लेटफर्मले वार्निंग स्ट्राइक सिस्टम प्रस्तुत गर्दैछ । पहिलो पटक कम्युनिटी गाइडलाइन्स उल्लङ्गन गर्ने क्रियेटरले सुरुमा एउटा चेतावनी प्राप्त गर्नेछन् जुन उसको अकाउन्टको स्ट्राइक ट्यालीमा गणना हुने छैन । यसपछि हुने उल्लङ्गनहरू भने र्ट्याक गरिनेछ र तदनुसार दण्डित पनि गरिनेछ ।
टिकटकले क्रियेटरहरूलाई उनीहरूले उल्लङ्गन गरेका विशेष नियमहरूको बारेमा जानकारी दिनेछ र सम्भावित त्रुटिहरूको लागि अपील प्रक्रियामा मार्गदर्शन समेत प्रदान गर्नेछ । क्रियेटरहरूलाई थप समर्थन गर्न टिकटकले ‘अकाउन्ट चेक’ नामक नयाा सुविधा पनि ल्याइरहेको छ । यो टुलले क्रियेटरहरूलाई टिकटकमा उनीहरूको स्थितिको ओभरभ्यु प्रदान गर्दै उनीहरूको अकाउन्ट र हालका पोस्टहरू अडिट गर्न अनुमति दिन्छ ।
‘अकाउन्ट चेक’ले गाइडलाइन्स उल्लङ्गनका कारण कमेन्ट गर्न वा डाइरेक्ट मेसेज पठाउने जस्ता सुविधाहरूमा हुने कुनै पनि प्रतिबन्धहरूलाई संकेत गर्दछ भने ‘फर यू’ फिडबाट हटाइएका वा प्रतिबन्धित सामाग्रीलाई हाइलाइट पनि गर्दछ । यो सुविधाले अवस्थित ‘अकाउन्ट स्टेटस’ पेजलाई क्रियेटरले प्लेटफर्मका नियमहरू पालना गरेको विस्तृत दृश्य प्रदान गर्न समेत सघाउाछ ।
यसका साथै टिकटकले टिकटक क्रियेटरका लागि ‘आचार संहिता’ पनि प्रस्तुत गर्दैछ जसले टिकटकका प्रोग्रामहरु, यसले दिने सुविधा, इभेन्ट र अभियानहरूमा भाग लिने क्रियेटरहरूका लागि मापदण्डहरू सेट गर्नेछ । आगामी हप्ताहरूमा लागू हुने यस कोडले सबै सहभागीहरूका लागि एक सुसंगत र सकारात्मक अनुभव सुनिश्चित गर्दै प्लेटफर्मभित्र र बाहिर दुवै ठाउामा क्रियेटरहरूको जिम्मेवारीहरूलाई स्पष्ट रूपरेखा दिन्छ ।
टिकटक विश्वभरका आˆना एक अर्बभन्दा बढी प्रयोगकर्ताहरूको सुरक्षा र अनुभव बढाउन प्रतिबद्ध छ । यी अपडेटहरूले यस प्लेटफर्ममा फस्टाउन आवश्यक टुल र जानकारीको साथ आˆनो क्रियेटर कम्युनिटीलाई समर्थन गर्ने टिकटकको समर्पणलाई जोड दिन्छ ।
View : 269
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved