Biratnagar, Morang, Nepal
१५ असार २०८१, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविर

उद्घोष सम्वाददाता
७ असार २०८१, शुक्रवार

सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिका स्थित खोर्सानेमा स्त्री रोगसम्बन्धी एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

प्रकृति महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाको स्वास्थ्य उपसमितिको आयोजना र नोवेल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको हो । सो शिविरमा १ सय ६५ भन्दा बढी महिलाहरुले स्वास्थ्य सेवा लिएको संस्थाको स्वास्थ्य उपसमितिकी संयोजक सीता दाहाल बुढाथोकीले जानकारी दिइन् ।

शिविरमा महिलाहरुमा हुने बाँझोपन, पाठेघर संक्रमणलगायत स्त्री रोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा परामर्श दिइएको संयोजक बुढाथोकीले जानकारी दिइन् ।

View : 80

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved