Biratnagar, Morang, Nepal
१३ असोज २०८१, आइतवार
+977 21 450305, 515728, 578305
राजनीति

एमालेका जनसंगठन विपद् व्यवस्थापनको पूर्व तयारीमा

उद्घोष सम्वाददाता
७ असार २०८१, शुक्रवार

Advertisement

विराटनगर । नेकपा एमाले मोरङका सबै जनसंगठनहरुले वर्षासँगै आउने विपद व्यवस्थापनको पूर्व तयारीमा जुटने निर्णय गरेका छन् । नेकपा एमाले मोरङमा बसेको जनसंगठन समन्वय संयन्क्रको बैठकले वर्षा याममा हुन सक्ने जनधनको क्षति न्यूनीकरणमा सत्रिय हुने निर्णय गरेको हो । 

संयन्त्रका प्रमुख रविन थापाको संयोजकत्वमा २३ वटै जनसंगठनका जिल्ला अध्यक्षहरु रहने गरी कार्यदल गठन गर्दै विपद व्यवस्थापनमा लाग्ने तयारी गरिएको प्रेस चौतारी मोरङका अध्यक्ष सुदिप कोइरालाले बताए ।

कार्यदलले वर्षाका कारण हुनसक्ने क्षती न्यूनीकरणका लागि जोखिमयुक्त क्षेत्रको पहिचान गरी सावधानी अपनाउन तीन वटै तहका सरकारको समेत ध्यानाकर्षण गराउँदै विपद् आइपरे तत्काल उद्धार र राहतमा खटिन सबै जनसंगठनलाई तयारी अवस्थामा राखिने संयन्त्रका प्रमुख थापाले बताए ।

बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य रामलाल साह, नेकपा एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीलगायतका नेताहरुले जनताका हरेक सरोकारका विषयमा एमालेका कार्यकर्ता साथमा हुनुपर्ने बताएका थिए ।

View : 101

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved