Biratnagar, Morang, Nepal
१५ असार २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

आव २०८१-८२ को बजेट

कोशी प्रदेशको बजेट ३५ अर्ब २७ करोड ९३ लाख

उद्घोष सम्वाददाता
१ असार २०८१, शनिवार

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८१/८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट विनियोजन प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री राम बहादुर मगरले शनिबार कोशी प्रदेश सभामा बजेट बक्तव्य प्रस्तुत गरेका हुन् ।

मन्त्री मगरले कुल विनियोजन मध्ये चालु खर्चतर्फ १४ अर्ब ४७ करोड २३ लाख, पुँजीगत १६ अर्ब २० करोड २० लाख, वित्तीय व्यवस्थापनतर्फ २ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ५८ करोड ५० लाख विनियोजन गरेको बताए । उनले चालु खर्चमध्ये संघीय अनुदानतर्फ फिर्ताका लागि ३ अर्ब विनियोजन रहेको जानकारी दिए ।

मन्त्री मगरले आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये प्रदेश सरकारले आन्तरिक आयबाट ४ अर्ब ९८ करोड प्राप्त गर्ने अनुमान प्रस्तुत गरे ।

त्यसैगरी राजश्व बाँडफाँडबाट १२ अर्ब ४० करोड ८ लाख, संघबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदानबाट ८ अर्ब ९४ करोड ३२ लाख, सशर्त अनुदानबाट ४ अर्ब १६ करोड ४३ लाख, समपुरक अनुदानबाट ६५ करोड ५० लाख र विशेष अनुदानबाट ७८ करोड १ लाख गरी राजश्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा ३१ अर्ब ९२ करोड ३४ लाख खर्च व्यहोरिने छ ।
बाँकी नगद मौज्दातबाट ३ अर्ब २५ करोड र बैदेशिक अनुदानबाट १० करोड ५९ लाख व्यहोरिने बताए ।

View : 146

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved