Biratnagar, Morang, Nepal
१५ असार २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

विद्यार्थी कुटपिटको आरोपमा पक्राउ परेका सुनिल शर्माका छोरा फर्किए पढाइमा

उद्घोष सम्वाददाता
७ असार २०८१, शुक्रवार

विराटनगर । प्रतिनिधिसभा सदस्य एवं मेडिकल व्यवसायी सुनिल शर्माका छोरा इशान शर्मा विद्यार्थीसँग वादविवाद भएपछि केहीदिन लुकेर पढाइमा फर्किएका छन् ।

उनले आफू पढ्ने नोबेल मेडिकल कलेज विराटनगरका विद्यार्थीलाई कुटपिट गरेका थिए । केही दिनअघि मध्यरातमा आफू भन्दा अग्रज विद्यार्थीलाई कुटपिट गरेपछि शर्मालाई प्रहरीले पक्राउ गरेको थियो ।

खेलकुदका क्रममा विवाद गरेपछि नियन्त्रणमा लिइएको र कलेज प्रशासन तथा विद्यार्थीबीच सहमति भएपछि उनलाई छाडिएको मोरङका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । सांसद बाबु मालिक रहेको सो कलेजमा इशान एमबीबीएस अध्ययनरत छन् ।

जिल्ला प्रहरी कार्यालयमा मेलमिलाप गरेपछि उनी केहीदिन घरमै बसेका थिए । बिहीबारबाट भनें उनी पढाइमा फर्किएको बताइएको छ । स्रोतका अनुसार चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीलाई सेनालाई जत्तिकै अनुशासनमा राखिएको हुन्छ ।

एक कक्षा माथिका विद्यार्थीलाई पनि अभिभावकलाई सरह सम्मान गर्नुपर्ने नियम सिकाइएको छ । तर, उनले आफू मेडिकल कलेजको मालिकको छोरा भएको दम्भ देखाएर अग्रज विद्यार्थीको समूहलाई कुटपिट गरेको विद्यार्थीले बताएका छन् ।

उनीबाट कुटिएका विद्यार्थीले कलेजबाट निस्कासन हुनुपर्ने भयले हात नफर्काएको बताइएको छ । भर्खर किशोरावस्था नाघेका छोरा इशान विद्यार्थीसँगको विवादमा एक रात प्रहरीको नियन्त्रणमा बसेपछि अबदेखि विवाद नगर्ने सर्तमा  उनी छुटेका थिए । बाबु सुनिल शर्माकै जस्तो झगडालु स्वभाव छोरामा पनि देखिएको बताइएको छ । 

नोबेल मेडिकल कजेल स्थापना गर्दाका बखत व्यावसायिक साझेदारहरुलाई कुटपिट, घरमा बम बिस्फोट तथा अपहरण गराएर सुनिल शर्माले अस्पताल र कलेज एकलौटी बनाएको आरोप छ ।

सम्पक्ती शुद्धिकरणका कर्मचारीले बयान लिने त्रममा जाई लागेपछि उनलाई केही वर्षअघि प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि मोरङ क्षेत्र नम्बर ३ बाट सांसद निर्वाचित भएपछि पनि चिकित्साशास्त्रको प्रमाणपत्र छानविनका लागि उनलाई प्रहरीले पक्राउ गरेको थियो । 

View : 110

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved