Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
खेलकुद

प्याब्सन विराट कपको उपाधि मोडर्न एरालाई

उद्‌घोष संवाददाता
७ असार २०८१, शुक्रवार

Advertisement

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टको उपाधि विराटनगरको मोडर्न एरा स्कुलले जितेको छ ।

विराटनगरको सहिद मैदानमा बिहीबार सम्पन्न फाइनल खेलमा दिल्ली पब्लिक स्कुल (डीपीएस) लाई १–० गोलले हराउँदै मोर्डन एराले उपाधि जितेको हो । जितका लागि  मोडर्न एराका अमन माझीले खेलको ५५ औं मिनेटमा  निर्णायक गोल गरेका थिए । जितसँगै मोडर्न एराले नगद २५ हजार रुपैयाँ पाएको छ ।  उपबिजेता  डीपीएसले  नगद ११ हजार रुपैयाँ पायो ।

विराटनगर–१३ स्थित गोदावरी स्कुल  सो खेलमा तेस्रो  भयो । 

बिजेता खेलाडीलाई प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेशकुमार दास, सल्लाहकार सावित्रीकुमारी पराजुली, प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवाल,  विराटनगरका अध्यक्ष मोहन बुढाथोकी, खेल संयोजक नन्दलाल मण्डल, नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य रोहित कोइराला, कोबास कलेजका प्रिन्सिपल सुनिल श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगितामा विराटनगरका २२ विद्यालयले भाग लिएका थिए ।

View : 617

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved