Biratnagar, Morang, Nepal
१३ असोज २०८१, आइतवार
+977 21 450305, 515728, 578305
शिक्षा

पोखरिया माविका जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण

उद्घोष सम्वाददाता
९ असार २०८१, आइतवार

Advertisement

विराटनगर । विराटनगर–३ स्थित पोखरिया माध्यमिक विद्यालयले जेहनदार तथा अब्बल विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ ।

कक्षा १ देखि १० सम्मका प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई क्रमशः ५ हजार, ३ हजार र  २ हजार नगद तथा प्रमाणपत्रले सम्मान गरेको हो ।

त्यसैगरी कक्षा ११ र १२ मा अध्ययनरत शिक्षा संकाय, वाणिज्य संकाय  र विज्ञान संकायका प्रथम हुने विद्यार्थीलाई जनही ६ हजारका दरले छात्रवृत्ति वितरण गरिएको विद्यालयले जनाएको छ । नमुना विद्यालय विकास कोषअन्तर्गत विद्यालयले आन्तरिक स्रोतबाट पुरस्कारको व्यवस्था गरेको जनाएको छ ।

कार्यक्रममा विराटनगर महानगरपालिका शिक्षा महाशाखाका प्रमुख कृष्ण भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद गौतम, विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराई लगायतले छात्रवृत्ति वितरण गरेका थिए ।

सामुदायिक तर्फ उत्कृष्ट घोषित पोखरिया माध्यमिक विद्यालयमा हाल ३ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् ।

View : 265

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved