Biratnagar, Morang, Nepal
१३ असोज २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

कमला–राजबहादुर कुँबर पुरस्कार घोषणा

उद्घोष सम्वाददाता
२९ वैशाख २०८१, शनिवार

Advertisement

विराटनगर । कमला–राजबहादुर कुँवर सामाजिक सेवा गुठीले प्रत्येक वर्ष प्रदान गर्दै आएको विभिन्न सम्मान तथा पुरस्कारको यस वर्ष दिइने व्यक्तित्वहरुको नाम घोषणा गरेको छ ।

जस अन्तर्गत २५ हजार राशीको कमला–राजबहादुर कुँबर साहित्य पुरस्कार प्रमोद प्रधानलाई, १५ हजार राशीको खेलकुद पुरस्कार क्रिकेट खेलाडी तथा अन्तर्राष्ट्रिय निर्णायक बुद्धि प्रधान, ११ हजार राशीको शिक्षा पुरस्कार डा. मनिष अग्रवाल र ११ हजार राशीकै साहित्य पुरस्कार कवि शुशान्त थापालाई प्रदान गरिने सो सेवागुठीका सचिव खगेन्द्र लामिछानेले जानकारी दिए ।

ती पुरस्कारहरू आगामी जेठ महिनाको पहिलो साता विराटनगरमा एक कार्यक्रमको आयोजना गरी समर्पण गरिने साहित्यकार दिनेशराज सुवेदीले जानकारी दिए ।

View : 743

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved