Biratnagar, Morang, Nepal
१३ असोज २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

सात दिने उद्घोषण तालिम सम्पन्न

उद्घोष सम्वाददाता
९ असार २०८१, आइतवार

Advertisement

विराटनगर । नेपाल आदिवासी जनजाति महासंघ महानगर समन्वय परिषद् सचिवालयद्वारा आयोजित सातदिने उद्घोषण तालिम सम्पन्न भएको छ । 

तालिम जेठ ३१ गतेदेखि असार ५ गतेसम्म सञ्चालन भएको थियो । तालिममा विराटनगर महानगरपालिकाभित्रका आदिवासी महासंघमा आबद्ध १८ जातिमध्येका ७० जनाको सहभागिता रहेको महानगर समन्वय परिषद्की उपाध्यक्ष विष्णु राईले जानकारी दिइन् । 

तालिममा सहभागीहरूलाई टिम धरान प्रशिक्षण केन्द्रका निर्देशक दोर्पध्वज राईले उद्घोषणकला सम्बन्धी प्रशिक्षण दिएका थिए भने आदिवासी हक अधिकार र आईएलओ १६९ बारेमा नेपाल आदिवासी महासंघ जिल्ला समन्वय परिषद् मोरङका अध्यक्ष दिलबहादुर थेबेले जानकारी गराएका थिए ।

तालिम समापन एवं प्रमाणपक्र वितरण कार्यत्रममा सम्वोधन गर्दै प्रशिक्षक दोर्पध्वज राईले मनका भावना र भोगाइहरूलाई राज्यको नीति, निर्माण तहसम्म पुर्‍याउन उद्घोषणकलाले उद्घोष गर्न सक्नुपर्ने धारणा व्यक्त गरे । 

त्यसैगरी विराटनगर महानगरपालिकाका प्रेस सल्लाहकार मीनकुमार श्रेष्ठले आदिवासीहरूको भाषा, लिपी, संस्कार, संस्कृति, कला, धर्म संरक्षण र सम्बर्द्धनको लागि बजेट विनियोजनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । 

त्यस्तै सहभागीहरूको तर्फबाट अनुझवको मन्तव्य व्यक्त गर्ने त्रममा नेपाल धानुक समाजका नीतिश मण्डल, नेपाल मगर संघकी अस्मिता मगर, नेपाल तामाङ घेदुङबाट बिमला लामा, गुरुङ राष्ट्रिय परिषद्की सुजना गुरुङ, किराँत राई यायोख्खाबाट बालकुमारी राईलगायतले तालिमबाट उद्घोषणकलाको प्राविधिक ज्ञान, सीप र उत्प्रेरणा मिलेको बताए । 

महानगर समन्वय परिषद् सचिवालयका अध्यक्ष सुरेशसिंह गन्गाईंको अध्यक्षतामा सम्पन्न सो समापन समारोहमा आदिवासी अगुवाहरू नरेशसिंह दनुवार, गीता खुजुम लिम्बू, रमेश राजवंशी, लक्ष्मीनारायण श्रेष्ठ, राजेश चौधरी लगायतको शुभकामना मन्तव्य राखेका थिए ।

सो समापन समारोहलाई उद्घोषण तालिममा सहभागी ज्ञानु राईले सञ्चालन गरेकी थिइन् । सो कार्यक्रम विराटनगर महानगरपालिकाको सहयोगमा आयोजना गरिएको हो ।

View : 72

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved