Biratnagar, Morang, Nepal
१३ असोज २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

मानगढ खानेपानी मुद्दा: दुबै पक्षलाई छलफलमा बोलायो अदालतले

उद्घोष सम्वाददाता
११ असार २०८१, मङ्गलवार

Advertisement

विराटनगर । नेकपा एमाले मोरङमा हदैसम्मको कारवाहीको भएको मानगढ खानेपानी आयोजना विराटनगरको निर्वाचन विवादमा उच्च अदालत विराटनगरले दुबै पक्षलाई छलफलका लागि असार १७ गते बोलाएको छ ।

अदालतले मुद्दाकर्तासम्म म्याद नपुगेकाले सोमबार पेशी सारेको छ । निर्वाचन बारे अदालतको आदेश आउन अझै केही दिन समय लाग्छ ।

तर सोही विषयमा एक उम्मेदवारलाई समर्थन गरेको आरोपमा एमाले विराटनगर महानगर अध्यक्ष सागर थापालगायत केहीलाई पार्टी जिल्ला कमिटीले साधारण सदस्यबाटै निस्काशन गरिसकेको छ । अदालतले दुबै पक्ष अनुपस्थित भएकाले छलफल गर्न सकेन तर, एमालेले अदालत भन्दा अघि फैसला गरिसकेको छ ।

सोमबारको म्याद तामेल नभएकाले दुबै पक्षलाई सो दिन उपस्थित हुन अदालतले आदेश गरेको छ । यसअघि असार ३ मा म्याद तोकिएको थियो । 

उच्च अदालत विराटनगरका सहायक श्रेस्तेदार टिकेन्द्रजंग राणाले खानेपानी आयोजनाको निर्वाचनका विषयमा परेका दुई मुद्दाका दुबै पक्षसम्म म्याद तामेल नभएकाले पुनः छलफलमा आउंन बोलाइएको हो ।

खानेपानी उपभोक्ता समितिको निर्वाचनमा सहभागी मतदाताको हातमा मतपत्र हुँंदाहुँंदै पनि मतदान गर्न नपाएकाका पुनः मतदान हुनुपर्ने र खसेजति मत गणना गरिनु पर्ने जनाउँदै दुई पक्षबाट अदालतमा मुद्दा परेको छ । 

यी दुबै पक्षसम्म अदालतको आदेश औपचारिक रुपमा नपुगेको बताइएको छ । मत गणना हुनु पर्छ भन्ने पक्ष भनें अदालतमा उपस्थित रहेको बताइएको छ ।

नौ सदस्यीय समितिका लागि तीन वटा प्यानल र केही स्वतन्त्र उम्मेदवारका लागि जेठ १९ मा मदतदान भएको थियो । तीन प्यानलमा दुईलाई नेकपा एमाले समर्थकले नेतृत्व गरेका छन् भनें एकलाई नेपाली कांग्रेस निकटले नेतृत्व गरेका छन् । एमाले समर्थक  रामबहादुर घिमिरे र लालमणि भट्टराईका दुई प्यानल तथा नेपाली कांग्रेस समर्थक दुर्गा चापागाईको प्यानल उम्मेदवार छन् ।

एमाले अध्यक्ष थापालगायतले आचार्य पक्षलाई समर्थन गरेको थियो भनें जिल्ला अध्यक्ष बाबुराम कार्कीलगायतले घिमिरेलाई समर्थन गरेका थिए ।

जिल्ला अध्यक्ष कार्कीद्वारा थापालगायतलाई पार्टीबाट कारवाही गरेको विषय विराटनगरमा जति तातो छ त्यत्ती खानेपानीको चुनाव छैन । चुनावमा अध्यक्षका उम्मेदवारहरुले जित्नका लागि धेरै लाख रुपैंयाँ मतदातामा खर्च गरेको आरोप लाग्दै आएको छ ।

View : 129

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved