Biratnagar, Morang, Nepal
१५ असार २०८१, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

शिक्षक र कर्मचारीलाई सम्मान

उद्घोष सम्वाददाता
९ असार २०८१, आइतवार

विराटनगर । मोरङको धनपालथान गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–शिक्षिका तथा कर्मचारीलाई सम्मान गरिएको छ । गाउँपालिकाको वडा नम्बर ६ मा रहेका विभिन्न सामुदायिक विद्यालय, मदर्सा तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षक र कर्मचारीलाई सम्मान गरिएको हो ।

धनपालथान–६ दादरबैरियास्थित सरस्वती पब्लिक क्याम्पसमा आयोजित कार्यक्रममा वडाभित्रका विद्यालयहरूमा कार्यरत  ८० जना शिक्षक र कर्मचारीलाई सम्मान गरिएको हो । सो अवसरमा सरस्वती माध्यमिक विद्यालय, वीपी आधारभूत विद्यालय, पिण्डेश्वर आधारभूत विद्यालय,  नुरानी इस्लाम मदर्सा र वालविकास केन्द्रमा कार्यरत शिक्षक–शिक्षिका र कर्मचारीलाई सम्मान गरिएको थियो ।

धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछप्रसाद गच्छदार, उपाध्यक्ष नसिमा बानो, प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार ठाकुर, वडा नम्बर ६ का वडाध्यक्ष मोहम्मद हुसैन र वडा नम्बर ५ का वडाध्यक्ष गयानन्द सरदारलगायतले शिक्षक र कर्मचारीलाई सम्मान गरेका थिए ।

गुणस्तरीय शिक्षामा टेवा पुर्‍याउने उद्देश्यसहित शिक्षक कर्मचारीको मनोबल बढाउन तथा प्रोत्साहन गर्न सम्मान गरिएको धनपालथान ६ का वडाध्यक्ष मोहम्मद हुसैनले बताए । 

View : 43

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved