Biratnagar, Morang, Nepal
१५ असार २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

प्रेमिकाबाट धोका पाएको भन्दै मेहताले रोजे मृत्यु

उद्घोष सम्वाददाता
९ असार २०८१, आइतवार

धनकुटा । धनकुटा जिल्ला अस्पतालका ल्याब असिष्टेन्ट अर्जुन मेहता आइतबार मृत फेला परेका छन् । सुनसरीको देवानगञ्ज गाउापालिका–६ घर भएका २८ वर्षीय मेहताले प्रेमिकाबाट धोका पाएको भन्दै स्टाटस लेखेर आत्महत्या गरेका हुन् ।

केही दिनका लागि बिदामा घर गएका उनी आइतबार बिहान मृत अवस्थामा भेटिएको जानकारी आएको अस्पताल स्रोतले जनाएको छ । सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले घटनाको पुष्टि गर्दै यसबारे अनुसन्धान भइरहेको जानकारी दिए । मृतकको शव पोस्टमार्टमका लागि इनरुवास्थित जिल्ला अस्पताल लगिएको छ ।

कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा दरबन्दी भएका मेहता २०७८ कात्तिकदेखि धनकुटा जिल्ला अस्पतालमा काम गर्दै आएको अस्पतालका वरिष्ठ मेडिकल रेकर्ड अधिकृत वीरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । ल्याब असिस्टेन्टको लोक सेवा परीक्षा तयारीका लागि भन्दै मेहता असार ५ गते घर बिदामा गएका थिए ।

९ गते कार्यालयमा हाजिर हुने भनेको तर अचानक नराम्रो खबर आएको श्रेष्ठले बताए । मेहतानिकट साथीका अनुसार करिब चार वर्षयता एकजना युवतीसँग उनको प्रेम सम्बन्ध थियो ।

पछिल्लो समय युवती अर्कै युवकसँग नजिकिएको थाहा पाएपछि मेहता र उनीबीच खटपट सुरु भएको थियो । उक्त घटनापछि मेहता तनावमा रहदै आएको उनका साथीले बताए ।

फेसबुकमा स्टाटस लेखेर मेहताले प्रेमिकाबाट धोका पाएको भन्दै मृत्यु रोजेको उल्लेख गरेका छन् । उनले फेसबुकमा पछिल्लो समय तीनवटा स्टाटस लेखेका छन् । 

उनले पहिलो र दोस्रो स्टाटस आफ्नो प्रेम सम्बन्धका बारेमा लेखेका छन् । मेहताले आˆनो तेस्रो स्टाटसमा भने आमाबुवालाई सम्बोधन गर्दै क्षमा मागेका छन् ।

View : 2304

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved