Biratnagar, Morang, Nepal
१५ असार २०८१, शनिवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

नृत्य निर्देशक संघको पदस्थापन

उद्घोष सम्वाददाता
३१ वैशाख २०८१, सोमवार

सुन्दरहरैंचा । नृत्य निर्देशक संघ कोशी प्रदेशको अध्यक्षमा वरिष्ठ नृत्य निर्देशक राजु बस्नेत चयन भएका छन् । अध्यक्ष बस्नेतसहित निर्वाचित समितिको प्रदेश एवम् जिल्लाको एकसाथ पदस्थापन पनि सम्पन्न भएको छ ।

संघको कोशी प्रदेश उपाध्यक्षमा ईश्वरीप्रसाद सिग्देल, देवराज खड्का, विमल नेपाल, सचिवमा लालबहादुर शंकर, सहसचिवमा मिथुन ठाकुर, कोषाध्यक्षमा गीता पौडेल, सहकोषाध्यक्षमा मनोज राजवंशी चयन भएका छन् । यस्तै सदस्यमा सन्तोष मगर, अमृत खड्का, राजु गिरी, तेज मगर, विशाल रसाइली, रमन दाहाल सुमन योगी चयन भएका छन् ।

यसैबीच पदस्थापन कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईंले सांस्कृतिक र जातीय पहिचान झल्काउन कलाको क्षेत्रको अहम् भूमिका रहने बताए । 

कार्यक्रममा कोशी प्रदेश प्याब्सन उपाध्यक्ष अर्जुन बस्नेतले देशको कला र संस्कृतिलाई बचाउने काम नृत्य निर्देशकले गरेको उल्लेख गर्दै पदाधिकारीलाई  शुभकामना दिए । यसैगरी नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठले सरकारसँग भएको अधिकार खोज्न पनि संगठनात्मक रूपमा अघि बढ्ने बताए । कोशी प्रदेश जस्तो कला र संस्कृति रहेको प्रदेशका नाट्य निर्देशकले गर्व गर्न लायक काम गरेको भन्दै प्रशंसा गरेका थिए ।

कार्यक्रममा मोरङ, सुनसरी, झापा र इलाम जिल्लाको समेत नयाँ समितिको सफथ ग्रहण गराईएको थियो । संघको मोरङ अध्यक्षमा इन्द्रजित मगर, सुनसरी अध्यक्ष मणिकुमार लिम्बू, झापा अध्यक्ष अमन गुप्ता तथा इलामको अध्यक्षमा संकोच मगर चयन भएका छन् । 

View : 289

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved