Biratnagar, Morang, Nepal
१५ असार २०८१, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

शारदा माविका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

उद्घोष सम्वाददाता
७ असार २०८१, शुक्रवार

विराटनगर । डिठ्ठा नारायणप्रसाद भगवती कोइराला स्मृति प्रतिभा पुरस्कार प्रतिष्ठानले उदयपुरको चौदण्डीगढी नगरपालिका–१ कटहरेस्थित शारदा माध्यमिक विद्यालयका पाँच जना जेहेन्दार विद्यार्थीहरूलाई बिहीबार छात्रवृत्ति दिएको छ । छात्रवृत्ति पाउनेमा कक्षा २ की रेशमा थापा, कक्षा ४ का क्षितिज परियार, कक्षा ५ की अनिशा राई, कक्षा ७ का डम्बरबहादुर श्रेष्ठ र कक्षा १०का कपिल खत्री छन् ।

उनीहरुलाई जनही दुई हजारका दरले छात्रवृत्ति रकम प्रदान गरिएको हो ।

पुरस्कार प्रतिष्ठानको स्थापना अमेरिकामा बस्ने शहदेव कोइरालाले आफ्ना पिता, माताका नाममा गरेका हुन् । उनी सो प्रतिष्ठानका संरक्षक पनि हुन् । उनले प्रारम्भिक शिक्षा सोही विद्यालयबाट लिएका थिए ।

सो अवसरमा प्रतिष्ठानको साधारण सभाको आयोजना गरी सोही विद्यालयका निवर्तमान प्रधानाध्यापक तारानाथ कटुवालको अध्यक्षतामा नयाँ कार्यकारिणी समिति पनि गठन गरेको छ । समितिको उपाध्यक्षमा क्रिवित्रम कोइराला, सचिव कुमार कोइराला, सहसचिव शारदा माविका प्रधानाध्यापक देवेन्द्र कार्की र कोषाध्यक्षमा पवित्रा चापागाई (कोइराला) निर्विरोध चयन भएका छन् ।

सदस्यहरूमा नारायणप्रसाद कोइराला र इश्वरप्रसाद दाहाल छन् । साधारण सदस्यहरूमा राजेन्द्र तिवारी, शुभद्रा पराजुली कोइराला,  बिना घिमिरे (कोइराला) युवराज कोइराला र अर्पण कोइराला छन् । 

View : 51

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved