Biratnagar, Morang, Nepal
४ जेठ २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी
आजै मन्त्रिपरिषद् विस्तारको तयारीमा मुख्यमन्त्री कार्की
उद्घोष सम्वाददाता ३ जेठ २०८१, बिहिवार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । बैशाख २७ मा तेस्रो पटक मुख्यमन्त्री नियुक्त भएर पदबहाली गरेलगत्तै पार्टीका नेताहरूसँग परामर्शका लागि काठमाडौं पुगेर फर्किएका कार्कीले सकेसम्म आजै मन्त्रिपरिषद् विस्तार गर्ने जनाइएको छ । मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद्मा एमालेको तर्फबाट पठाउने नामहरू टुंगिसकेको स्रोतको दाबी छ । तर नेकपा माओवादीले नाम नपठाएका कारण आजै मन्त्रिपरिषद् विस्तारको कार्य हुने नहुने भन्ने अलमल पनि रहेको जनाइएको छ । स्रोतका अनुसार एमालेले अघिल्लो पटक सरकारमा केही महिनामात्रै मन्त्री बनेकाहरूलाई नै यस पटक निरन...

समाज
युनियनको कोषमा रकम जम्मा हुने क्रम सुरु
उद्घोष सम्वाददाता ३ जेठ २०८१, बिहिवार

विराटनगर । नेपाल प्रेस युनियन कोशी प्रदेशले सामाजिक सुरक्षा र स्वास्थ्य उपचार कोष स्थापना गर्ने निर्णय गरेको दुई दिन नबित्दै सहयोग रकम जुट्ने क्रम सुरु भएको छ ।  बिहीबार नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कार्यबाहक अध्यक्ष लवदेव ढुंगानाले २५ हजार रुपैयाँ हस्तान्तरण गरेका छन् ।  युनियनको प्रदेश कार्यालय पुगेर ढुंगानाले आˆनो जन्मदिनको अवसर पारेर युनियनका प्रदेश अध्यक्ष मीनकुमार नवोदितलाई अक्षयकोषका लागि उक्त नगद रकम हस्तान्तरण गरेका हुन् ।  त्यस्तै बिहीबार नै नेपाल ट्रेड युनियन कांग्रेस कोशी प्रदेशका उपाध्यक्ष डिकप्रसाद घिमिरेले २ हजार १ सय र नेपाली लेखक संघ कोशी प्र...

राजनीति
नेकपा एसले सम्झियो मदन–आश्रित
उद्घोष सम्वाददाता ३ जेठ २०८१, बिहिवार

विराटनगर । नेकपा एकीकृत समाजवादीले ३१ औं मदन–आश्रित स्मृति दिवसका दिन मदन भण्डारी तथा जीवराज आश्रितले कम्युनिष्ट आन्दोलन पुर्‍याएको योगदानको स्मरण गरेको छ । विराटनगर तीनपैनीस्थित पार्टी कार्यालयमा बिहीबार कार्यक्रम गरी उक्त पार्टीको जिल्ला तथा महानगर कमिटीले मदन–आश्रितको स्मरण गरेको हो । कार्यक्रममा बोल्दै पार्टीका पोलिटब्युरो सदस्य तथा कोशी प्रदेश सचिव महेश रेग्मीले दुनियाँमा कम्युनिष्ट आन्दोलन शिथिल हुँदा मदन भण्डारीले पार्टीलाई लोकतान्त्रिककरण गरेर विकसित तुल्याएको चर्चा गरे । पार्टीका मोरङ जिल्ला कमिटी अध्यक्ष चन्द्रवीर राईको सभापतित्वमा भएको कार्यक्रममा महानगर कमि...

राष्ट्रिय
क्रिकेटर लामिछाने विरुद्धको अभियोग पुष्टि नभएको ठहर, क्यानद्वारा निलम्बन फुकुवा
उद्घोष सम्वाददाता २ जेठ २०८१, बुधवार

काठमाडौँ, २ जेठ । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा हालसम्म प्राप्त प्रमाणबाट अभियोग पुष्टि नभएको ठहर गर्दै सफाइ दिएको छ ।  न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले लामो बहसपछि हालसम्म प्राप्त प्रमाणका आधारमा क्रिकेटर लामिछानेलाई दोषी ठहर गर्न नसकिने भन्दै सफाइ दिएको हो । “काठमाडौँ जिल्ला अदालतले लामिछानेविरुद्ध सो मुद्दामा गरेको आठ वर्ष जेल सजाय, तीन लाख जरिवाना र दुई लाख क्षतिपूर्ति भराउने फैसला बदर गरेको छ”, उच्चअदालत पाटनका प्रवक्ता विमल पराजुलीले भने, “इजलासले क्रिकेटर लामिछानेलाई पूर्णरुपमा सफाइ हुने ठहर गर...

आर्थिक
वालिङका व्यवसायीलाई मोरङको सम्मान
उद्घोष सम्वाददाता २ जेठ २०८१, बुधवार

विराटनगर । मोरङ उद्योग व्यापार संघका नवनिर्वाचित अध्यक्ष अनुपम राठीले कार्यकालको पहिलो स्वागत वालिङ उद्योग वाणिज्य संघलाई गरेका छन् । अध्यक्ष राठीले वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठसहितको कार्यसमितिको टोलीलाई मंगलबार संघको कार्यालयमा स्वागत गरेका हुन् । सो अवसरमा निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजाल, संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार साहसहितले स्याङजा वालिङका व्यवसायीलाई स्वागत गरेका थिए । मोरङ उद्योग व्यापार संघका महासचिव सञ्जयकुमार श्रेष्ठले सञ्चालन गरेको स्वागत तथा भेटघाट कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्षसहित वर...

शिक्षा
कोशीका १२ वटा स्थानीय तहमा कानूनको व्यवहारिक शिक्षा
उद्घोष सम्वाददाता २ जेठ २०८१, बुधवार

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले कोशी प्रदेशका १२ वटा स्थानीय तहमा ‘कानूनको व्यवहारिक शिक्षा’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।  न्यायमा पहुँच अभिवृद्धि कार्यक्रम अन्तर्गत विश्वविद्यालयले झापा, मोरङ र सुनसरीका १२ वटा स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने भएको हो । मोरङका ६, झापाका ५ र सुनसरीको १ गरी १२ वटा स्थानीय तहमा यो कार्यक्रम सञ्चालन हुनेछ । स्नातक तहका विद्यार्थीले छनौट भएका स्थानीय तहमा गएर लक्षित समूहलाई कानूनको व्यवहारिक शिक्षा दिने छन् । न्यायिक समितिको समन्वयमा विद्यार्थीहरूले सामाजिक न्याय र कानूनी न्यायका गतिविधिहरू सञ्चालन गर्ने छन् । कार्यक्रम सञ्चा...

स्वास्थ्य
स्वास्थ्य शिविरमा साढे ३ सयको स्वास्थ्य जाँच
उद्घोष सम्वाददाता ३ जेठ २०८१, बिहिवार

विराटनगर । विराटनगर महानगरपालिकाले बिहीबार विराटनगर वडा नम्बर ४ मा  आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ४३ जनाले स्वास्थ्य सेवा लिएका छन् ।  शिविरमा फिजिसियनतर्फ ७९ जना, बालरोगतर्फ १७७ जना, हाडजोर्नीतर्फ २२ जना, स्त्रीरोगतर्फ ४१ जना, छाला तथा यौनरोगतर्फ १७ जना, भीआईए जाँचतर्फ ३२ जना, भिडियो एक्स–रेतर्फ ६८ जना र ईसीजीतर्फ २५ जनाले सेवा लिएको शिविरका फोकल पर्सन भोला तिम्सिनाले जानकारी दिए । शिविरको महानगरका मेयर नागेश कोइराला, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत र वडा नम्बर ४ का अध्यक्ष जितन थापाले अनुगमनसमेत गरेका थिए ।  वडा कार्यालय छेउमा रहेको...

खेलकुद
तेस्रो मिल्स क्रिकेट प्रतियोगिता: जोगवनी र सुनसरी अन्तिम आठमा
उद्घोष सम्वाददाता ३ जेठ २०८१, बिहिवार

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा जोगवनीको फ्रशान्त क्रिकेट क्लब र सुनसरी त्रिकेट क्लब अन्तिम आठमा पुगेका छन् । विराटनगर जुटमिलको खेलमैदानमा बुधबार भएको फहिलो खेलमा जोगवनीले घरेलु टोली बीसीसीए विराटनगरलाई ६२ रनले र दोस्रो खेलमा  सुनसरी क्रिकेट क्लबले आयोजक मिल्स त्रिकेट क्लबलाई ११ रनले हराउँदै दुई टोली अन्तिम आठमा पुगेका हुन् । टस जितेर ब्याटिङ रोजेको जोगवनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई २५१ रन बनाएको  थियो । जोगवनीले दिएको २५२ रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले सबै विकेट गुमाइ १८९ रन मात्रै बनायो । बुधबार नै झएको दोस्रो खेलमा...

साहित्य
लघुकथा संग्रह ‘जडौरी’ को लोकार्पण
उद्घोष सम्वाददाता ३ जेठ २०८१, बिहिवार

विराटनगर । नारी स्रष्टा समाज नेपालले साहित्यकार रमेन्द्र कोइरालाको ‘जडौरी’ लघुकथा संग्रहको लोकार्पण गरेको छ । लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, प्राडा गोविन्दमान सिंह कार्की, लघुकथा समाज नेपालका उपाध्यक्ष तुलसीहरि कोइराला, नारी स्रष्टा समाज नेपालका अध्यक्ष ममता मृदुल, नमस्ते आधुनिक लघुकथा मञ्चकी उपाध्यक्ष यमुना प्रधानाङ्ग, लघुकथाकार खगेन्द्र बस्याल लगायतले संयुक्त रूपमा कृतिको  लोकार्पण गरेका हुन् । लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष तथा स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले सुरूवाती घडीमा उपेक्षा गरिएको लघुकथा विधा फस्टाउँदै गएकोमा...

वातावरण
कोशीका केही स्थानमा भारी वर्षा हुने
रासस ३० वैशाख २०८१, आइतवार

काठमाडौँ, ३० वैशाख । हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म रहेको निम्नचापीय क्षेत्रको पनि प्रभाव रहेको बताएको छ । विभागका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।  कोशी, मधेस, बागमती, गण्डकी लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाउँ...

मनोरञ्जन
नृत्य निर्देशक संघको पदस्थापन
उद्घोष सम्वाददाता ३१ वैशाख २०८१, सोमवार

सुन्दरहरैंचा । नृत्य निर्देशक संघ कोशी प्रदेशको अध्यक्षमा वरिष्ठ नृत्य निर्देशक राजु बस्नेत चयन भएका छन् । अध्यक्ष बस्नेतसहित निर्वाचित समितिको प्रदेश एवम् जिल्लाको एकसाथ पदस्थापन पनि सम्पन्न भएको छ । संघको कोशी प्रदेश उपाध्यक्षमा ईश्वरीप्रसाद सिग्देल, देवराज खड्का, विमल नेपाल, सचिवमा लालबहादुर शंकर, सहसचिवमा मिथुन ठाकुर, कोषाध्यक्षमा गीता पौडेल, सहकोषाध्यक्षमा मनोज राजवंशी चयन भएका छन् । यस्तै सदस्यमा सन्तोष मगर, अमृत खड्का, राजु गिरी, तेज मगर, विशाल रसाइली, रमन दाहाल सुमन योगी चयन भएका छन् । यसैबीच पदस्थापन कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईंले...

अन्तर्राष्ट्रिय
पाकिस्तानमा एकसाता परेको चट्याङ र वर्षाका कारण ४१ जनाको मृत्यु
उद्घोष सम्वाददाता ३ वैशाख २०८१, सोमवार

लाहोर, ३ वैशाख । पाकिस्तानमा शुक्रबारदेखि आइतबारसम्ममा चट्याङ, हावाहुरी र बर्षाका कारण कम्तीमा ४१ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । मृतकमध्ये २८ जनालाई चट्याङ लागेको थियो ।  पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले आगामी दिनमा थप वर्षा हुने भएकाले पहिरो र आकस्मिक बाढीको चेतावनी दिएको छ । पाकिस्तानको सबैभन्दा ठूलो र बढी जनसङ्ख्या भएको प्रान्त पञ्जाबमा शुक्रबारदेखि आइतबारसम्म चट्याङ लागेर २१ जनाको मृत्यु भएको छ । ’मैले एनडीएमएलाई प्रान्तहरूसँग समन्वय गर्न भनेको छु र एनडीएमएले क्षति भएका क्षेत्रहरूमा राहत सामग्री हरू प्रदान गर्न, &l...

प्रविधि
विराटनगरमै विद्युतीय गाडीको कारखाना खोल्न टिकाराम पुरीले गरे चाइनामा सम्झौता
उद्घोष सम्वाददाता १७ वैशाख २०८१, सोमवार

विराटनगर । विराटनगरमै विद्युतीय गाडीको कारखाना खोल्नका लागि विराटनगरकै उद्यमी टिकाराम पुरीले सोमबार चाइना पुगेर सम्झौतामा हस्ताक्षर गरेका छन् । उनले नेपालमा विद्युतीय सवारी साधनको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै सबै प्रकारका चारपाङ्ग्रे सवारी साधन उत्पादन गर्ने कारखाना खोल्न चिनियाँ कम्पनीसँग सम्झौता गरेका हुन् ।  एक वर्षभित्र विद्युतीय सवारी साधन उत्पादन गर्ने तयारीका साथ कोशी एनके मोटर्स प्रालिका अध्यक्ष रहेका पुरीले चाइनाको स्यामन गोल्डेन ड्रागन अटो बडी कम्पनी लिमिटेडसँग सम्झौतामा हस्ताक्षर गरेका हुन् । चाइनाको फुजियान प्रान्तमा रहेको उक्त अटो बडी कम्पनीसँग स्थानीय ज्योतिष शास्...

विचार
सबैको ध्यान इलाम २ मा
डीपी ढुंगेल १० वैशाख २०८१, सोमवार

लोकतन्त्रको सुन्दर पक्ष आवधिक निर्वाचन हो । जनताद्वारा छानिएका जनप्रतिनिधिले देश सञ्चालन गर्ने अन्तर्राष्ट्रिय विधि नै लोकतन्त्रको विशेषता हो । कोशी प्रदेशको इलाम जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा यही वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । विसं २०७९ सालको संसदीय निर्वाचनबाट निर्वाचित पूर्व सभामुख सुवासचन्द्र नेवाङको देहान्तपछि इलाम क्षेक्र नम्बर २ रित्त थियो । निर्वाचन आयोगको कार्यालयले यही वैशाख १५ गतेका लागि उपनिर्वाचनको मिति तोकिसकेको छ । जसले गर्दा अहिलेको राजनीति इलाम क्षेत्र  नम्बर २ मा तातेको छ । इलाममा यतिखेर २० राजनीतिक दलहरु तथा अन्य स्वतन्त्र उम्मेदवारहरु चुनावी प्रचारपचारमा व्यस...

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved