Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

प्रेस युनियनले करोडको अक्षयकोष स्थापना गर्ने

उद्‌घोष संवाददाता
३ जेठ २०८१, बिहिवार

Advertisement

विराटनगर । नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले १ करोडको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ । 

धनकुटाको भेडेटारमा बुधबार बसेको सचिवालय बैठकले युनियनमा आबद्ध पत्रकारहरुको हितका लागि अक्षयकोष स्थापना गर्ने निर्णय गरेको प्रदेश अध्यक्ष मीनकुमार नवोदितले जानकारी दिएका छन ।
युनियनको ३३ औं स्थापना दिवसको अवसर पारेर यही जेठ १० गते विराटनगरमा हुने विशेष कार्यक्रममा अक्षयकोषको औपचारिक घोषणा गरिने अध्यक्ष नवोदितले बताए । 

सचिवालय बैठकले आसन्न पत्रकार महासंघको निर्वाचनलाई लक्षित गरी कार्यदलसमेत गठन गरेको छ । कार्यदलमा अध्यक्ष नवोदित, उपाध्यक्ष ज्ञानेन्द्र निरौला, महासचिव सञ्जीव वाग्ले र सचिव विनय बाह्राकोटी छन् ।

कार्यदलले जिल्ला तहमा रहेको विवाद समाधानका लागि समन्वय र सहजीकरण गर्नुका साथै जिल्ला शाखालाई सक्रिय र प्रभावकारी बनाउने भूमिका खेल्ने महासचिव वाग्लेले जानकारी दिए । सोही बैठकले स्थापना दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ । 

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्क्रालयसागको सहकार्यमा यही जेठ १० गते बिहीबार बिहान ‘सत्रिय पत्रकारिताका लागि स्वस्थ शरीर, स्वस्थ शरीरका लागि नियमित आहारबिहार’ भन्ने नाराका साथ सञ्चारकर्मीहरुबीच खुल्ला दौड प्रतियोगिता, अग्रज पत्रकार सम्मान, ‘प्रदेशको स्थायित्व र विकासका लागि सञ्चार क्षेत्रको भूमिका’ विषयक विचारगोष्ठी गरिने महासचिव वाग्लेले बताए ।

त्यस्तै युनियनका कोशी प्रदेशका १४ जिल्लाका अध्यक्ष, युनियनबाट निर्वाचित महासंघ जिल्ला अध्यक्ष, कोशी प्रदेशबाट प्रेस युनियन र पत्रकार महासंघमा प्रतिनिधित्व गर्ने पदाधिकारी र सदस्यको उपस्थितिमा प्रदेश भेलासमेत आयोजना हुनेछ ।

View : 528

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved