Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
खेलकुद

महिला भलिबलको उपाधि सुन्दरहरैंचाले जित्यो

उद्घोष सम्वाददाता
३० वैशाख २०८१, आइतवार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताको फाइनल खेलको उपाधि सुन्दरहरैंचा नगरपालिकाले जितेको छ ।

नगर खेलकुद विकास समितिद्वारा सुकुना माविको खेल मैदानमा आयोजित शनिबारको महिला भलिबलमा लेटाङ नगरपालिकालाई पछि पार्दै सुन्दरहरैंचाले ३ सेटमा उपाधि उचालेको हो । सुन्दरहरैंचाले लेटाङलाई पहिलो सेटमा २५–१० र दोस्रो सेटमा २५–१४ साथै तेस्रो सेटमा २५–१५ ले पराजित गरेको थियो । खेलमा रतुवामाई नगरपालिका तेस्रो भएको छ ।

मोरङ जिल्लाको ८ वटा पालिकाको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिम सुन्दरहरैंचा नगरपालिकाले रू ६७ हजार ५ सय तथा दोस्रो हुने टिम लेटाङ नगरपालिकाले रू ३३ हजार ७ सय ५० का साथै ट्रफी मेडल र प्रमाणपत्र पाएका छन् । भलिबल प्रतियोगितामा विभिन्न चरणका उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार साथै प्रमाणपत्रको व्यवस्था गरिएको थियो ।

प्रतियोगिताको फाइनल खेलमा  मोरङ जिल्ला समन्वय समितिका प्रमुख अजम्बर राई, आयोजक समितिका अध्यक्ष तथा नगर प्रमुख केदारप्रसाद गुरागाई, नगर उपप्रमुख अकली चौधरी, समितिका सदस्य सचिव खड्गबहादुर श्रेष्ठ लगायतले विजेता उपविजेता र उत्कृष्ट भएका खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।

View : 240

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved